मंगलबार राति भएको विश्वकप खेलमा कहि नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्तो अवस्था सृजना भयो । उरुग्वे र इटालीबीचको खेलमा उरुग्वेका स्ट्राइर लुइस सुआरेजले जे गतिविधि देखाए त्यो यस अघि कहिल्यै पनि देखिएको थिएन । सुआरेजले कुनै रिसाएको बच्चाले जस्तो इटालीका डिफेन्डर गिओर्गियो चेइलिनीलाई टोके र सारा दुनियाँलाई स्तव्ध तुल्याए ।

swarej bites next player

विश्वफुटवलको सर्वोच्च निकाय विश्व फुटवल महासंघ फिफाले सुआरेज विरुद्ध अनुशासनात्मक कारवाही अघि बढाएको छ । फिफाले उरुग्वेको फुटवल संघलाई घटना सम्बन्धी प्रमाण पेस गर्न भनेको छ । मंगलबारराति इटाली र उरुग्वे गर या मरको अवस्थामा अन्तिम १६ मा पुग्नका लागि भिडेका थिए ।

सोही खेलमा गोल गर्न नपाएर रन्थनिएका सुआरेजले विपक्षी डिफेन्डरलाई काँधमा टोके सारा दुनियाँले टेलिभिजनमा देखेको त्यो दृष्यमा रेफ्रीको भने आँखा पुगेन ।

swarej bites next player 1

swarej bites next player 2

सुआरेजलाई अव २४ महिना वा २४ खेलमा प्रतिवन्ध लाग्ने सम्भावना छ । उरुग्वेको टेलिभिजनमा बोल्दै सुआरेजले यस्ता कुरा सामान्य भएको बताए । आफूलाई चेइलिनीले काँधले हानेपछि आफूले पनि हानेको उनको स्पष्टोक्ति छ ।

swarej bites next player 3
चेइलिनीले भने सुआरेजलाई चोरको सज्ञा दिएका छन् । आफूले काँधमा दाँतको डाम देखाउँदा पनि रेफ्रीले कुनै कदम नचालेको भन्दै उनले फिफाले भिडियो प्रमाणको आधारमा कारवाही अघि बढाउने आशा ब्यक्त गरेका छन् ।

swarej bites next player 4

चेइलिनीलाई टोकेपछि सुआरेज भुइँमा लडेर दाँत मुसारिरहेका देखिन्थे । चेइलिनी भने रेफ्रीलाई दाँतको डाम देखाउन कुँदे पनि रेफ्रीले कुनै चासो दिएनन् ।  इङलिस क्लव लिभरपुलका फरवार्ड सुआरेज यस अघि पनि यस्ता अनुशासनहिन गतिविधिमा संलग्न भएका थिए ।  

swarej bites next player 5swarej bites next player 6swarej bites next player 8

उरुग्वेले इटालीलाई घर पठाउन गोल गर्नु अघि सुआरेजले यस्तो गरेका थिए । बुधबारको हार पछि इटाली समूह चरणबाटै बाहिरिएर घर फर्किएको छ ।

तस्विर सौजन्यः डेलीमेल