११ असार, मंगलसेन ।
अछाममा रुख ढल्दा एकै घरका तीन बालकको ज्यान गएको छ । मंगलबार बेलुका अछामको ढुंगाचाल्ना ५ मा रुख ढल्दा स्थानीय का १२ बर्षीय गगन बुढा, १५ बर्षीय राम बहादुर बुढा र ११ बर्षीय मिन बहादुर बुढाको च्यापीएर मृत्यु भएको हो ।
रुखमा चिउरी खाँदै गर्दा हावाहुरीका कारण रुख ढलेपछि रुखमा च्यापिएर उनिहरुको मृत्यु भएको स्थानीयले जानकारी दिए ।
घटनामा अन्य २ बालक घाइते भएका छन् ।
बिद्यालयबाट घर फर्किदै गर्दा गाँउ नजिकै पर्ने चिन्डेखोला बनमा पाकेको चिउरी खान भन्दै रुखमा चढेको समयमा उनीहरु चढेको रुख जरै देखि ढलेको थियो ।