सूचना प्रविधीका नयाँ नयाँ विकाशसँगै हाम्रो दैनिकी पनि फेरिएको छ । हामी आजकल इमेलमा निर्भर छौं । तर इमेलको इनबक्समा तपाइँलाई चाहिने इमेल मात्र आउँदैनन् ।

इनबक्समा आफूलाई नचाहिएका इमेल र जंक इमेलले दिक्क पार्छन् । यदि तपाइँलाई पनि यस्तै दिक्क लाग्ने अवस्था आएको छ भने यहाँ त्यस्ता इमेलबाट छुटकारा पाउने तरिका उल्लेख गरिएको छ ।

mail

 

इमेल खोल्ने वित्तिकै फेसबुक नोटिफिकेसन देखि अनेक अनेक मेल आएर दिक्क हुनु हुन्छ भने स्कानिङ गर्नका लागि इमेल लिष्ट बनाउनुस् । Unroll.me प्रयोग गरेर आफूलाई चाहिने इमेल लिष्ट बनाएर अन्य अनावश्यक मेल आउने इमेल आइडीलाई अनसब्सक्राइव गर्न वा स्पाममा पठाउन सकिन्छ ।

email inbox

अनरोल डट मीले तपाइले स्कानका लागि आधिकारिक मेल आउने इमेल ठेगाना सूचीकृत गर्छ र त्यसबाहेकका इमेललाई स्पाम लिष्टमा हालिदिन्छ । यसको प्रयोग गर्दा विहान हेर्दा मेलबक्स भरिने तर चाहिने मेल एउटा पनि नहुने समस्या समाधान हुन्छ ।

यो साइटले तपाइँको गोप्यता भंग गर्दैन तर तपाइँलाई नचाहिने मेल आउने झन्झटबाट भने बचाउँछ ।