जाडो महिनामा मानिस चिसोबाट बच्ने उपायका खोजीमा हुने गर्छ ।चिसोबाट बच्न खानेकुरा मानिसहर धेरै खर्च गर्ने गर्छन । तर हामीले दैनिक प्रयोग गर्ने चिज चिन्न सकिरहेका हुदैनौ । अब चिन्ता नगर्नुस यहाँ चर्चा गरिदैछ, चिसोबाट बच्न के के खान सकिन्छ।

१. तील   तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ ।

२. दालचीनी  दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।

३. लसुन  लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।

४. बदाम जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

५. अदुवा  अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।