३० कात्तिक, काठमाडौं ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रदेशको संख्या र अन्य विषयमा लचकता अपनाउन आफुहरु तयार रहेको बताएका छन् । भेहिकल सोलुसन एण्ड रिसर्च सेण्टरलेकाठमाडौमा गरेको एक कार्यक्रममा एमाले नेता नेपालले जातीय संघीयता कुनै पनि हालतमा स्वीकार नगर्ने तर प्रदेशको संख्या, राज्यको शासकीय स्वरुप लगायतका सबै विषयमा आफूहरु लचिलो हुन तयार रहेको बताए ।

 

उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिसको झोकमा जथाभावी अभिव्यक्ति नदिन चेतावनी समेत दिए ।

Madhav Nepal

सडक दुर्घटना न्युनिकरण सम्बन्धी छलफल कार्यक्रममा एमाले नेता नेपालले सात प्रदेशसहितको प्रस्तावमाथि छलफल गरेर सहमतिमा पुग्ने ठाउँ रहेको बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका उपाध्यक्ष केशरबहादुर विष्ट, नेकपा मालेका महासचिव सीपी मैनालीले सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भिर हुनुपर्ने बताए ।

 

कार्यक्रममा ट्राफिक प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले चालकको लापर्वाहीका साथै सवारी साधन पुराना भएका कारण दुर्घटना हुने गरेको भन्दै दुर्घटना न्युनिकरणका लागि सजाय र जरिवानाको मात्रा बढाउनुपर्ने वताए ।

 

कार्यक्रमका अन्य सहभागीहरुले दुर्घटना न्युनिकरणका लागि सडकको मर्मत सम्भार गरिनुपर्ने तथा पुराना सवारी साधनको संचालनमा रोक लगाइनुपर्नेमा जोड दिएका थिए ।