२१ मंसिर, काठमाडौं ।
एमबीबीएसको लागि शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रबृत्ति परिक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा जानकार र सरोकारवालाहरुले उक्त कार्यमा संलग्न रहेका व्यक्तिलाई कारबाही गरिनुपर्ने र यस्ता घटनाहरु दाहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले हिजोको घट्नाले परिक्षा सञ्चालनमा प्रश्न खडा भएकोले बताए । उनले पुनः परिक्षा हुने र जेहेनदार विद्यार्थीहरुलाई छात्रबृत्ति दिने विषयमा कुनै सम्झौता नहुने बताए । उनले भने–‘अब शक्तीको सोर्स फोर्सका आधारमाएमबीबीएस छात्रवृद्धि दिँईदैन, जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरुले मात्र पाउँछन् । पैसा ख्वाएर नाम निकाल्न सकिन्छ भन्ने दिवा सपना अब कसैले नदेखे हुन्छ ।’
उनले परीक्षा केन्द्र र प्रणालीलाई कसरी सुद्ध बनाउने भन्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँदै भने, आफूहरु सरकारी कर्मचारी मात्रै राखेर भएपनि परिक्षा प्रणालीलाई सुधार गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । सचिव पण्डितले घटनामा संलग्न गार्डहरुलाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अबको परीक्षा गोल्डेन गेट कलेजमान हुने समेत स्पष्ट पारे ।
शिक्षाविद डा. विद्याधर कोइरालाले आर्थिक प्रलोभनमा परि प्रश्नपत्र बाहिर्याउनु महागल्ती भएको र विधार्थीले पनि १० लाख तिर्नु गल्ती भएको तर्क गर्दै परिक्षा प्रणालीलाई सुधार गर्न नयाँ विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । हिसानका महासचिव यूवराज शर्माले परिक्षा सञ्चालनमा विकृति ब्यापक फैलिएकोले यसलाई सुधार गरेर अघि बढ्ने क्रममा आर्थिक प्रलोभनमा पर्ने ब्यक्तिहरुमाथि कारवाही आवश्यक रहेको बताउँदै संस्थामाथि कारवाही गर्न नहुने बताए ।
प्याब्सनका महासचिव डि.के. ढुङ्गानाले नहुने घटना घटेकोले भावी दिनमा यस्ता घटना घटन नदिन सरकारले नियन्त्रणको पहलकदमी अहिले नै लिनुपर्ने भन्दै घटनामा ब्यक्तिको हात रहेकोले संस्था माथिको कारवाहीको कुरा हुनै नसक्ने बताए ।
हिसानका सचिव बुद्धिप्रसाद पुडासैनीले हुन नहुने घटना घटेकोले अब सरोकारवालाहरुको सहकार्य र प्रयासमा यसलाई दोहोरिन दिननहुने धारणा व्यक्त गरे ।