२१ मङ्सिर, काठमाडौं ।
जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापा हत्या सम्बन्धि मुद्दाको फैसला गरेको छ । फैसलामा डेकेन्द्र हत्यामा संलग्न पाँच जनालाई मतियार रहेको ठहर गर्दै , बीर बहादुर केसी लाई एक वर्ष, लक्षीराम घर्ति मगरलाई एक वर्ष छ महिना, निरक घर्ति मगर, हरीलाल पुन जयबहादुर शाहीलाई दुई दुई वर्ष जेल सजाय तोकेको छ ।
बीरबहादुर केसी र लक्षीराम घर्तिमगर २०६९ पौष २१ गते देखि थुनामा रहेकाले निजहरुको कैद सजाए भुक्तान भैसकेकाले दुईजना छुटेका छन् ।
फैसलामा मुख्य फरार अभियुक्तहरु मुक्ति भनिने बमबहादर खड्का ,अरुण भनिने बमबहादर खड्का,भक्तिराम लामिछाने र केसब खड्का समेतको अंश रोकी उनहरु हाजिर भए वा पक्राउ परेको समय देखि जेल सजाय गणना गर्ने फैसला भएको छ ।
२०६१ असार १२ गते तत्कालिन नेकपा माओबादीका कार्यकर्ताले अपहरण गरि २०६१ साउन २७ गते कुटपिट गरि हत्या गरेको भनि थापाकी श्रीमतिले पाँच वर्ष अघि अदालतमा मुद्धा दर्ता गराएकी थिईन् ।