वास्तु विज्ञानले हाम्रो घरमा आस-पासमा रहेका चिजले हामीमा प्रभाव पार्ने बताउँछ । यस्ता बस्तुहरुको प्रभाव सकारात्मक र नकारात्मक दुवै हुने यो शास्त्रको भनाइ छ । हामीले घरमा राख्ने सबै बस्तुको आफ्नै प्रभाव हुने र त्यसले कुनै नै कुनै खालको घटना गराइरहेको समेत यो शास्त्र दावी गर्छ ।

 

यहाँ त्यस्ता ६ चिजका तस्विरको चर्चा गरिएको छ जुन घरमा राख्नु राम्रो मानिँदैन । यस्ता बस्तुले तनाव निम्त्याउँछन् ।

 

१ जहाजको तस्विरः
मानिसहरु ठूला ठूला जहाजका तस्विर घरको भित्रामा टाँस्न मन पराउँछन् । कतिपयले ऐतिहासिक टाइटानिक जहाजको तस्विर पनि राख्छन् । तर यो बास्तु शास्त्र अनुसार अनिष्टकारी मानिन्छ । यसले घर परिवारमा तनाव सृजना हुने र मनोवल गिराउन काम गर्ने बास्तु शास्त्रको दावी छ । यस्ता तस्विरले घरमा धनको क्षति गराउने समेत मानिन्छ । यस्ता तस्विर घरमा नकारात्मक उर्जा पैदा गर्ने हुन्छ ।

 

never to put things at house 2

 

२ भूत प्रेतको तस्विरः

कतिपय घरमा भूत प्रेतका तस्विर एवं राक्षसका तस्विर टाँसिएको हुन्छ । यस्ता तस्विर बास्तुको हिसावले नोक्शानदायी मानिन्छ । यस्त तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने र कष्ट दिने बास्तु बिदहरुको दावी छ ।

 never to put things at house 1

३ झरनाको तस्विरः
मानिसहरुले घरमा झरनाको तस्विर राख्न मन पराउँछन् । तर यो पनि बास्तुको दृष्टीमा नकारात्मक मानिन्छ । बास्तुविज्ञानका अनुसार यस्ता तस्विरले घरमा खर्च बढाउँछ । झरनाको पानी बगे जस्तै खर्चमा पैसा बग्ने बास्तुविदहरुको दावी छ । घरमा सके सम्म चालक बस्तु भन्दा पनि स्थिर बस्तुको तस्विर राम्रो मानिन्छ ।

never to put things at house 3

४ नटराजको तस्विरः

मानिसहरु भगवान शिवको नाचेको नटराज तस्विर घरमा राख्न मन पराउँछन् । यस्तो तस्विर देख्दा राम्रो मानिएपनि घरमा अशुभ मानिन्छ ।यसले घरमा विनाशको सम्भावना बढाउँछ ।

never to put things at house 3

५ ताजमहलको तस्विरः

घर वा कोठा सजाउन ताजमहलको तस्विर राख्ने गर्नु भएको छ भने हटाइदिनुस् । यसले पनि नकारात्मक उर्जा पैदा गर्ने बास्तुविदको भनाइ छ । यो समाधीको चिन्ह भएका कारण घरमा समाधीको चिन्ह राम्रो मानिँदैन । यसलाई प्रेमको विछोडको प्रतिक समेत मानिने हुँदा यो तस्विर घरमा राम्रो हुँदैन ।

never to put things at house 3

  

६ महाभारतको तस्विरः

कतिपयले महाभारतमा कृष्णले रथ हाँक्न थालेको तस्विर घरमा राख्छन् । तर यो तस्विर पनि बास्तुको दृष्टीमा नकारात्मक उर्जा दिने हुन्छ । यो तस्विरले घरमा युद्धको भावना पैदा गर्ने र कलह हुन सक्ने बास्तुविदको भनाइ छ । यसले सम्बन्ध नभएर कलह बढाउने उनीहरु बताउँछन् ।

never to put things at house 3

तसर्थ यी ७ तस्विर घरमा नराख्नुस्