एजेन्सी ।
अष्ट्रेलियाको सिडनी शहरमा आइतबार चट्याङको वर्षा नै भएको छ । झन् पछि झन् मौषम विग्रिँदै गएपछि एक प्रकारको आतंक नै भएको छ ।
वेल्स र क्वीन्सल्याण्डमा पनि मौषमी अवस्था निकै खराव छ । मौषमले जनजीवन नै प्रभावित भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा सबै भन्दा खराव मौषमी अवस्था देखिएको छ ।
आइतबार राति पनि सिडनी र अन्य शहरमा मेघ गर्जन तथा असिना वर्षाको भविष्यवाणी गरिएको छ ।
मौषमकै कारण भी ८ कार दौड समेत प्रभावित भएको छ ।
अधिकाँश शहरमा आँधी हुरी सहितको वर्षाको भविष्यवाणी त्यहाँको जल तथा मौषम विज्ञान विभागले गरेको छ ।