एजेन्सी ।

पाकिस्तानी सुन्दरी माहिरा खान बलिउड सुपरस्टार शाहरुख खानकी पत्नीको रोलमा बलिउड प्रवेश गर्ने भएकी छिन् । टेलिभिजन शो हमशफरका उनका कोस्टार फावाद खानले बलिउडमा एन्ट्री गरे लगत्तै माहिरा पनि पहिलो फिल्ममै शाहरुखकी पत्नीको भूमिका देखिने भएकी हुन् ।

srk-mahira

शाहरुखको आगामी चलचित्र ‘रइस’ मा माहिरा शाहरुख खानको जोडीकोरुपमा देखिने छिन् ।

 

सन् २०११ मा पाकिस्तानी चलचित्र उद्योगमा प्रवेश गरेकी माहिराले बलिउड डेब्यु नै शाहरुखसँग गर्ने सौभाग्य पाएकी हुन् ।

चलचित्र निर्देशक रितेश शिद्वानीले ट्वीटरबाट माहिरा र शाहरुखको जोडी फाइनल भएको पुष्टी गरेका हुन् ।