टच स्क्रिन स्मार्टफोनले हाम्रो दिमागलाइ पनि आफुजस्तै बनाउदै छ।
यो कुरा एउटा अनुसन्धानले पत्ता लगाएको हो। वैज्ञानिकहरुले दिमागको गतिविधि मापन गर्ने इलेक्ट्रो एनसिफ़ैलोग्राफ़ी(ईईजी) को प्रयोग गरेर परम्परागत र स्मार्टफोन प्रयोगकर्ताको दिमागमा ठुलो भिन्नता पाएका छन्।
ईईजीले निकालेको नतिजाको आधारमा पत्ता लागेको छ कि, स्मार्टफोन प्रयोग गर्नेहरुको औंला र अङगुठाहरु बढि अभ्तस्त हुदै जान्छन।

अनुसन्धानमा ३७ जना मध्य २६ जना संग स्मार्टफोन थियो र ११ जनासंग पुरानो साधारण मोबाइलफोन थियो। ईईजीले दिमाग र हातहरु बिचहुने नशाबाट जाने विद्युतिय संकेत रेकर्ड गरिएको थियो। भोलेन्टियरहरुको शिरमा इलेक्ट्रोड लगाइएको थियो, तबकि दिमागको गतिबिधि रेकर्ड गर्न सकियोस्।
यसको सहयोगले अनुसन्धानकर्ताहरुले दिमागको कति न्युरोनहरु कुनै खास अंगप्रति संवेदनशील छन् भन्ने पत्ता लगाएका थिए।
अध्ययनको परिणामबाट थाह भएको छ कि, स्मार्टफोन प्रयोग गर्ने व्यक्तिहरुको अङ्गुठा र औलाहरुले जब यांत्रिक स्पर्श गर्छ तब ईईजी ले दिमागमा धेरै सक्रियता भएको रेकर्ड गरेको थियो। यसबाट यो थाहहुन्छ कि जति टच स्क्रिन प्रयोग गरिन्छ त्यतिनै दिमाग सक्रिय हुन्छ।
युनिभर्सिटि अफ ज्युरिख को इन्स्टिच्युट अफ न्युरोइन्फरमेटिक्स संग जोडिइका यो अनुसन्धानको लेखक भन्छन, “म यो कुराले छक्क परेको छु कि स्मार्टफोन प्रयोग गर्नाले दिमागमा यति धेरै प्रभाव पर्छ।”