२२ पुस, काठमाडौं ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरु माघ ८ गते संविधान जारी गर्न प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

शान्ति र संविधानका लागि नागरिक समूहका नाममा मंगलबार ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका केही युवाहरुसँग अध्यक्ष नेम्वाङले संविधान जारी नगर्ने नियतकै कारण दलहरुले विवादित विषयमा सहमति नगरेको आरोप लगाए ।

subas nembag 1

विवादित विषयमा सहमति नभएको र आफूलाई स्वविवेकीय अधिकार दिने विषयमा पनि मतभेद रहेकाले माघ ८ मा संविधान जारी हुने संभावना लगभग सकिएको उनको भनाई थियो ।

संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानका अन्तरवस्तुमा सहमति नगरेर दलहरुले मुलुकलाई जटिल स्थितिमा धकेल्ने काम गरेको आरोप समेत लगाएका छन् ।