२२ पुस, काठमाडौँ । 

स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री डा रामशरण महत राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । सोमबार अपराह्न ५:३० बजेदेखि अचानक पेट दुख्न थालेपछि उनलाई अस्पाताल भर्ना गरिएको हो ।

Dr Ramsharan mahat sad

उनको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षणका क्रममा डा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।

पत्थरीको शल्यक्रिया छ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएको उनका स्वकीय सचिव रमेश महतले जानकारी दिए । रासस