प्रत्येक पल तपाइलाइ गुरुत्वबलले तानिरहेको छ। पृथ्वीको गुरुत्वल नहुने हो भने अन्तरिक्षमा घुम्दै हुने हुन्थेयौं होला, जिवित त अवश्यहुने थिएनौं।गुरुत्वलले गर्दा नै हामी तल खस्छौ। यो तल भन्ने शब्द पनि गुरुत्वबलले नै त ल्याएको हो।
सोच्नुहोस त गुरुत्बल अलि कम हुदो हो त उफ्रदा पनि कति माथिसम्म उफ्रन सकिन्थ्यो। कसरी तान्छ थाह छ गुरुत्वबलले तलतिर ?
भौतिकशास्त्रिहरुले पनि गुरुत्वबललाइ साच्चै रहस्यमय बिषयवस्तुको रुपमा लिने गर्छन।
न्युटनको टाउमा स्याउ खसेको बेला देखि सुरु भएको गुरुत्वबलको गणितिय अध्ययन अझै पुरा भएको छैन। न्युटनको भनाइमा गुरुत्वबल सबै बस्तुलाइ आफुतिर तान्ने शक्ति हो।
आइन्स्टाइनको बिचार अलि फरक छ, उनको अनुसार अन्तरिक्ष-समय को वक्रताको परिणाम नै गुरुत्वबल हो।
के हो त, यो अन्तरिक्ष-समय को वक्रता?
आइन्सटाइनको सामान्य सापेक्षेताबादको सिद्दान्त अनुसार गुरुत्वबल सामान्त शक्ति हैन, यो त अन्तरिक्ष-समय को एउटा विशेषता मात्र हो।
एउटा खालि अन्तरिक्ष कल्पना गर्नुहोस्, दुइ आयाम (2- dimensional) भएको।कुनै दुइ बस्तु छन र केहि बाहिरि शक्ति छैन भने, ति बस्तुहरु सिधा मात्र जान्छन।यो कुरामा गति सम्बन्धित नियम र आइन्सटाइनको विशेष सापेक्षेताको नियम मेल खान्छ।
यि दुइ बस्तुहरु समानान्तर बाटोमा कहिल्यै नभेटिने गरि एउटै गतिमा जानेछन्। भौतिकशास्त्रको गतिको नियम अनुसार यदि यि दुइ बस्तु आफ्नो बाटोबाट बिचलित हुन्छन भने त्यहाँ कुनै न कुनै शक्ति हुन्छनै जसको प्रभावले कुनै बस्तुको गति र दिशा परिवर्तन हुन्छ। दुइ आयामको उदाहरण हेर्नुहोस।
यो उदाहरणमा यि दुइ बस्तु समानान्तर बाटो मा अगाडि बढ्दै थिए। पछि एक आपसमा आकर्षित हुदा गति र दिशा परिवर्तन भयो र एक आपसका नजिक आए। आकर्षित कसरी भए र एक आपसको नजिक आउदा कसरि कस्तो बाटो हुदै आकर्षित भए भन्ने प्रश्नको उत्तर चाहिएको हो हामीलाई।
उत्तर हो गुरुत्व आकर्षण बल। तर कसरि?
आइन्टाइनको अनुसार अन्तरिक्षमा कुनै पिण्ड राख्दा त्यसले अन्तरिक्षमा बक्र बनाउछ।
सजिलो तरिका बुझ्दा नरम बिछ्यौनामा केहि गह्रौ बस्तु राख्दा त्यो बस्तुले आफु वरिपरि खाल्डो बनाउछ। अब त्यो खाल्डोको नजिक कुनै अर्को बस्तु राख्दा ति दुइ बस्तुहरु जोडिन पुग्छन। अन्तरिक्षलाइ एउटा बिछ्यौना जस्तो सोच्नुहोस् र सुर्यलाइ एउटा ठुलो बस्तुको रुपमा अन्तरिक्षमा राख्दा बिछ्यौनामा खाल्डो परेको जस्तो अन्तरिक्षमामा बक्र पर्छ।
उक्त बक्र यति ठुलो छ कि पृथ्वि लगाएतका ग्रह हरु उक्त बक्रभित्र पर्छन् र सुर्य तिर तानिन्छन; अझ भनौ सुर्यको बरिपरि घुम्दछन् तर सुर्य संग भेट हुदैनन।
यो बुझ्नको लागि एउटा ग्लासमा दुध लिनुहोस र चम्चाले एउटै दिशामा दुध फेट्नुहोस। अब चम्चा निकाल्नुहोस र एउटा चियापत्तिको दाना राख्नुहोस ग्लासमा। दुध फेट्दा बिचमा खाल्डो जस्तो पर्नेछ सुर्यले अन्तरिक्षमा खाल्डो बनाएजस्तै।
चियापत्तिको दाना दुधसगै घुम्छ किनार किनार हुदै। जबसम्म दुध घुमिरहन्छ तबसम्म चियापत्तिको दाना बिचमा जादैन। त्यस्तै जबसम्म पृथ्वी घुमिरहन्छ तबसम्म सुर्यसंग ठोकिदैन। तर दुध घुम्म छोडेजस्तै भयो भने? दुध आफुबिचकै घर्षणले गर्दा गतिमा कमिआइ रोकिन गएको हो तर पृथ्वी र सु्र्यको कुरा मा यो हुदैन।
पृथ्वीको वरिपरि चन्द्रमा घुम्नुको रहस्य पनि पृथ्वीले अन्तरिक्षमा बनाएको बक्रमा चन्द्रमा पर्नाले हुन गएको हो। अब सोच्नुहोस् पृथ्वीले हामीलाइ आफ्नो केन्द्रतिर किन तानेको होला? अनि पृथ्वी सुर्य वरिपरि घुम्दा चन्द्रमा पृथ्वीसंगै किन सुर्यको पनि परिक्रमा गर्दै छ?