इन्टरनेटमा कुनै पनि जानकारी सुरक्षित राख्नका लागि सबै भन्द ध्यान दिनु पर्ने कुरा हो अकाउण्टको सुरक्षित पासवर्ड । इन्टरनेटमा सक्रिय हुँदै गएका ह्याकर र साइवर अपराधीहरुले पासवर्ड कमजोर भयो भने तपाइँबाट गलत फाइदा उठाउन सक्छन् । तसर्थ बैंक एटिएमको पिन देखि पासवर्ड सम्मका कुरा सँधै युनिक र आफूले मात्र थाहा पाउने खालको हुनु पर्छ । भुल्ने डरले मान्छेहरु सजिला पासवर्ड राख्छन् । सजिलै र सबै अकाउण्टमा एउटै खालको पासवर्ड राख्ने बानी नराम्रो हो । यसले तपाइँलाई असुरक्षित बनाउँछ ।

password img

पासवर्ड राख्दा भुल्नै नहुने ४ कुरा

१ अल्फा न्यूमेरिक
पासवर्ड राख्दा सकेसम्म नम्बर र शब्द दुवै भएको अर्थात अल्फा न्यूमेरिक बनाउनु पर्छ । पासवर्ड कम्तिमा ८ अक्षरको बनाउनु पर्छ । अधिकाँशलाई थाहै छैन कि पासवर्ड बनाउँदा स्पेस मात्र पनि प्रयोग गर्न सकिन्छ । स्पेस राखेको पासवर्ड हतपति अरुले अनुमान समेत गर्न सक्दैनन् ।

 

२ युजरनेम पासवर्ड
कतिपय ब्यक्ति आफ्नो युजर नेम र पासवर्ड एउटै राख्छन् । यो एकदम गलत बानी हो । उस्तै बनाउनै परे पनि युजर नेममा केही अक्षर वा अंक जोडेर मात्र पासवर्ड बनाउनु राम्रो हुन्छ । उदाहरणका लागि hell0u2@ युजर नेम छ भने @2u0lleh पासवर्ड राख्न सकिन्छ ।

face lock

३ फोन नम्बर
पासवर्डमा फोन नम्बर भुलेर पनि नराख्नुस् । आफ्नो वा अफिसको नम्बर अझ कुनै निकट ब्यक्तिको नम्बरलाई पासवर्ड बनाउने बानी छ भने आजै देखि छोडिदिनुस् । त्यसै गरी आफ्नो जन्मदिनको मितिलाई पनि कहिल्यै पनि पासवर्ड बनानाउनुस् ।

 

४ परिवर्तन
पासवर्ड समय समयमा बदलिरहनु पर्छ । किन भने कुनै अर्थमा तपाइँको पासवर्ड अरुले थाहा पाए भने पनि केही समयको अन्तरालमा बदलेपछी त्यसको झन्झटबाट बँच्न सकिन्छ । आफ्नो पासवर्ड सँधै याद राख्नुस् कतै लेख्ने बानी छ भने आजै देखि छोड्नुस् ।