एसियाकै शक्तिशाली मानिले भारतले विश्वमा पनि अाफ्नो शक्तिले राज गरिरहेकै छ। प्राविधिक बिकाससंगै देशको सुरक्षा र सैनिकी शक्ति पनि बढ्दैछ भारतको। जनसङ्ख्या बढी हुनुको फाइदा भारतले राम्रोसंग उठाउदै छ।

भारतसंगै अनेक प्रविधिका हतियारहरु छ, जसले भारत कुनै पनि बेला अरुलाइ चुनौती दिने हिम्मत राख्छ। हेरौं यि ५ शक्तिशाली हतियारहरु।

अग्नि-IIIndianWeapon 1

यो एक रणनीतिक ब्यालेस्टिक मिसाइल हो। ब्यालेस्टिक मिसाइल हान्ने समयमा रुट तयगरेर हावाबाट पठाइन्छ, अनि टारगेटमा खस्ने समयमा गुरुत्वबलकै प्रभावले खस्छ। १६,००० किलो ग्रामको यो मिसाइल २१ मिटर लम्बाइको छ र व्यास १.३ मिटर छ। करिब २५-३५ करोड भारतीय रुपैया खर्च हुन्छ एउटा अग्नि मिसाइल बनाउनको लागि। करिब ४ किलोमिटर प्रति सेकेण्डको गतिमा यो मिसाइल २,००० देखि ३,००० किलोमिटर टाढासम्मको ठाँउमा हान्न सकिन्छ। डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन र भारत डाइनामिक्स लिमिटेड ले बनाएको यो मिसाइलको पहिलो पटक सन १९९९ को अप्रिलमा सफल परिक्षण गरिएको थियो।

ब्रह्मोसIndianWeapon 1

यो एक सुपरसोनिक(आवाजको गति भन्दा छिटो) क्रुस मिसाइल हो। भारत र रसिया दुबै देश मिलेर बनाएको यो मिसाइलको ३ प्रकार छन; पानीजहाज वा जमिनबाट लन्च गर्न मिल्ने, हावाबाटै लन्च गर्नमिल्ने र पनडुब्बीबाट लन्च गर्न मिल्ने। २७ करोड १५ लाख रुपैया भन्दा बढी मूल्यलाग्छ यो मिसाइल बनाउन। ३००० किलोग्राम तौलको यो मिसाइल ८.४ मिटर लम्बाइको छ र व्यास .६ मिटर छ। २९० किलोमिटर टाढा सम्मको टारगेट लाइ ३,५०० किलिमिटर प्रति घण्टाको गतिमा जानसक्छ यो मिसाइल। यसको सन् २००१ जुनमा पहिलो टेस्ट फायर गरिएको थियो। यो संसारमा प्रयोग हुने क्रुज मिसाइलहरु मध्य सबैभन्दा छिटो गतिको मिसाइल हो।

आकाशIndianWeapon 1

यो मोवाइल (चलिरहेको वा गुडिरहेको) ठाँउबाट हावामा प्रहार गर्न मिल्ने मिसाइल हो, जसलाइ डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन, ओर्डनान्स फ्याक्ट्रिज बोर्ड र भारत इलेक्ट्रोनिक्स मिलेर बनाएका हुन। यो मिसाइल डिफेन्सको लागि बनाइएको थियो। यसले हावामा उडिरहेको विमानलाइ ३० किलोमिटर टाढाबाट प्रहार गर्न सक्छ। ७२० किलोग्राम तौलको यो मिसाइल ५७८ सेन्टिमिटर मात्र लामो छ र व्यास ३५ सेन्टिमिटर छ। ८८ प्रतिशत ‘किल’ क्षमता राख्छ एउटा मिसाइलले र ५ सेकेण्डको अन्तरालमा अर्को मिसाइल हानेर मिसाइलको मार्ने सम्भावना ९८.५ प्रतिशतसम्म पुर्याउन सकिन्छ।

शिभलिक क्लासIndianWeapon 1

माजागन डक लिमिटेडले करिब ३५ अर्ब रुपैयाको लगानिमा ३ वटा फ्रिगेट बनाएको छ, जसमध्ये तिनवटै भारतीय नौसेनाले प्रयोग गर्दै आएको छ। १४२ मिटरलामो यो फ्रिगेट ५९ किलोमिटर प्रतिघण्टाको गतिमा पानीमा तैरन सक्छ। यो फ्रिगेटमा ठुलो क्षेत्रको निगरानी राख्नसक्ने इलेक्ट्रोनिक्स सामान र सेन्सरहरु छन। जसमा MR-760 फ्रिगाट M2EM 3-D राडार, MR-90 ओरेख राडार, ELTA EL/M-2221 STGR, BEL APARNA सेन्सर तथा राडार पर्दछन। यसमा रसियन, इन्डियन र इजराएली हतियारहरु पनि लगाइएको छ।

ज्यागुअरIndianWeapon 1

सेपेक्याटले बनाएको यो फ्रेन्च जेट बिमान ब्रिटिस रोयल एयर फोर्सले प्रयोग गर्दै आएको थियो। यसलाइ पछि भारत लगाएत ओमान, इक्वडोर र नाइजेरियामा निर्यात गरियो। करिब ८० करोड रुपैया लाग्छ एउटा ज्यागुअर बिमान बनाउनको लागि। १ जना बसेर उडाउन मिल्ने यो फाइटर बिमान १६.८३ मिटर लम्बाइको छ।यो बिमान १५,७०० केजी सम्मको तौल लिएर उड्न सक्छ, जबकि फ्युल र बिमानको तौल नै ११,००० किलोग्राम हुन्छ। १,६९९ किलोमिटर प्रतिघण्टाको गतिमा ३,५२४ किलोमिटर दुरी एक पटकमा उड्नसक्छ ज्यागुअर। आठ ‘मात्रा’ रकेट र १८ साना रकेट सहित ३० मिमि डेफा क्यानन र ३ वटा सम्म आणविक बम बोक्न सक्छ यसले।