३ फागुन, एजेन्सी ।

जारी विश्वकप क्रिकेटको पहिलो आमने सामने खेलमा भारतले पाकिस्तानलाई सहजै पराजित गरेको छ । विराट कोहोलीको सतकीय पारीसँगै ३०१ रनको लक्ष्य दिएको भारतले पाकिस्तानलाई २२५ रन पनि बनाउन दिएन ।

India-Vs-Pakistan-

बलर र ब्याट्सम्यानको अवस्था उस्तै देखिएको पाकिस्तान ४७ ओभरमा केवल २२४ रनमै अलआउट भयो । पाकिस्तानले यो हारसँगै विश्वकपका कुनै पनि खेलमा भारतलाई नजित्ने पुरानै परंपरालाई कायम राखेको छ ।

भारतका सामु पाकिस्तानको बलिङ र ब्याटिङ दुवै कमजोर देखियो । आइतबारको खेलमा भारतीय तर्फबाट भने ब्याट्सम्यान र बलर दुवै चम्किए ।

भारतसँगको खेलमा सबै ब्याट्सम्यान सस्तैमा आउट भएपनि पाकिस्तानका मिस्बाह-उल-हकले भने ७६ रन बनाउन सके । यही खेलमा भारतीय ब्याट्सम्यान विराट कोहोलीले पाकिस्तानविरुद्ध १०७ रानको सतकीय पारी खेल्दै सचिन तेन्दुलकरको रेकर्ड समेत तोडे । 

यो पनि हेर्नुस्

विराट कोहोलीले तोडे सचिनको रेकर्ड