१९ फागुन, विर्तामोड ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सरकारलाई इतिहासकै कमजोर सरकार भएको बताएका छन् । तर संविधान बनाउनकै लागि भएपनि आफूहरु कमजोर सरकारमा सहभागि भएको उनले बताए ।

yogesh bhattarai

झापाको बिर्तामोडमा बिहान प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बेल्दै भट्टराईले संविधान नबनाउने हो भने विकल्प खोज्न नेपाली कांग्रेसलाई चेतावनी दिए । एमालेले घाटाको व्यापार नगर्ने भन्दै भट्टराईले वार्तामा आउन कुनै पनि शर्त नराख्न एमाओवादीलाई आग्रह गरे ।

एमाओवादीले शर्त राखे आफूहरुको पनि शर्त हुने र शर्त–शर्त भिडाउँदा वार्ता हुन नसक्ने सचिव भट्टर्राको भनाई थियो ।

भट्टराईले १२ बँुदे सहमतिको बाटोबाट अघि बढ्नुपर्ने बताउनँदै जेठ १५ भित्र संविधान बन्नुपर्ने बताए ।