विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने अमेरिकी म्यागजिन फोर्ब्सले यस वर्षको वार्षिक प्रतिवेदनमा पनि अमेरिकी प्रविधी कम्पनी माइक्रोसफ्टका मालिक विल गेट्सलाई शीर्ष स्थानमा राखेको छ ।

विश्वका अर्वपतिहरुको सूचीमा विल गेट्ले प्रथम स्थानमा आफ्नो नाम कायमै राखेका हुन् । यो सँगै उनी १६ औं पटक सम्म विश्वको धनी ब्यक्तिको सूचीमा १ नम्बरमा परेका छन् ।

top-5-billionaires of the world 1

 

यस पटक पनि बिलगेट्सले मेक्सिकोका ब्ययवसायी कार्लोस स्लिमलाई पछि पार्दै पहिलो स्थानमा कब्जा जमाएका हुन् ।

बिल गेट्सको सम्पति यो वर्षको फेब्रुअरी १३ सम्म अर्थात एक वर्षको अवधिमा ३ अर्व अमेरिकी डलरले वृद्धी भएर ७९ अर्व डलर पुगेको छ । यो करिव ७८ खर्व १९ अर्व ७३ करोड ६० लाख रुपैयाँ बराबर हो ।

यो वर्ष संसारमा १८२६ जना अर्वपति सूचीकृत भएका छन् । यो संख्या हाल सम्मकै सबै भन्दा बढी हो । गत एक वर्षको अवधीमा संसारमा १८१ जना अर्वपति बढेको फोर्व्सले जनाएको छ ।

 

विगत २१ वर्षको अवधिमा १६ वर्ष भने विल गेट्स एक नम्बरमा देखिएका छन् ।

यो वर्ष पनि अघिल्लो पटक जस्तै मेक्सिकोका टेलिकम ब्यवसायी कार्लोस स्लिम दोश्रो नम्बरमा परेका छन् । उनको सम्पति ७७ दशमलव १ अर्व डलर छ । त्यसैगरी तेश्रो स्थानमा अमेरिकाका लगानीकर्ता वारेन वफेट ७२ दशमलव २ अर्व डलरसहित छन् ।

यस्तो छ फोर्व्समा टप १० धनीको सूची

१ विल गेट्स (Microsoft) ७९ दशमलव २ अर्व अमेरिकी डलर ।

२ कार्लोस स्लिम (Phones and construction in Mexico) ७७ दशमलव १ अर्व अमेरिकी डलर ।

top-5-billionaires of the world

३ वारेन वफेट (Global investor) ७२ दशमलव २ अर्व अमेरिकी डलर ।

४ अमान्सियो ओर्टेगा (Zara and other fashion chains) ६४ दशमलव ५ अर्व अमेरिकी डलर ।

५ ल्यारी एलिसोन (Oracle data storage technology) ५४ दशमलव ३ अर्व अमेरिकी डलर ।

६ चार्ल्स कोच (Industrialist) ४२ दशमलव ९ अर्व अमेरिकी डलर ।

७ डेभिड कोच (Industrialist) ४२ दशमलव ९ अर्व अमेरिकी डलर ।

८ क्रिष्टी वाल्टन (Walmart retail giant) ४१ दशमलव ७ अर्व अमेरिकी डलर ।

९ जिम वाल्टन (Walmart retail giant) ४० दशमलव ६ अर्व अमेरिकी डलर ।

१० लिलीआने बेटेनकोर्ट (L’Oreal cosmetics firm) ४० दशमलव १ अर्व अमेरिकी डलर ।

 

फेसबुकका मालिक पनि टप २० मा

फेसबुकमा मालिक मार्क जुकर्वर्ग पनि संसारका अर्वपतिको सूचीमा शीर्ष २० मा परेका छन् । उनी शीर्ष २० मा परेको यो पहिलो पटक हो । फेसबुकका मालिकको सम्पति ३३ दशमलव ४ अर्व डलर छ ।

Mark-Zuckerberg

 

अधिकाँश अर्वपतिहरु प्रविधीको दुनियाका मालिक छन् । साउदी अरबका राजकुमार २३ दशमलव ५ अर्व डलरका साथ ३० औं स्थानमा छन् । भारतीय धनाड्य मुकेश अम्बानी २० दशमलव ७ अर्व अमेरकी डलर सम्पत्तिका साथ विश्वका अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा छन् ।

mukesh amban

नेपालका विनोध चौधरी १४६५ औं स्थानमा
धनी ब्यक्तिको फोर्व्सको सूचीमा नेपाली उद्योगपति विनोध चौधरी १४६५ औं स्थानमा परेका छन् । चौधरी अर्बपति सुचीमा पर्ने पहिलो नेपाली नागरीक हुन् । उनी दोस्रो पटक सुचीमा परेका हुन् । अघिल्लो वर्ष १४ सय २६ जना अर्बपतिहरुको सुचीमा १३सय ४२ औं स्थानमा परेका उनी यस पटक १४६५ औं स्थानमा परेका हुन् । उनीसँग १ दशमलव १ अर्व डलर सम्पत्ति रहेको छ ।

binod-chaudhary

एजेन्सीको सहयोगमा

यस्ता कार र विमान चढ्छन् भारतका सबैभन्दा धनी ब्यक्ति (फोटो फिचर)

धनी ससुराली पर्छ कि पर्दैन थाहा पाउनुस्

यस्तो छ विश्वकै धनी विल गेट्सको घर (तस्विरहरु सहित)

संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचर)