एजेन्सी ।

के तपाइँलाई थाहा छ तपाइँको फेसबुक अकाउण्ट चलाउनका लागि कतिपय ब्यक्तिलाई पासवर्ड जरुरत नै पर्दैन । थाहा छैन भनेपनि यो सत्य हो । फेसबुकले आफ्ना कतिपय कर्मचारीलाई फेसबुक प्रयोगकर्ताहरुको अकाउण्ट खोल्न पासवर्ड नै आवश्यक नपर्ने अधिकार दिएको छ ।

प्रविधीसँग सम्बन्धित रिपोर्ट प्रकाशित गर्ने ‘भेन्टरबीट’ नामक वेवसाइटका अनुसार फेसबुकले हालै मात्र आफ्ना कतिपय कर्चारीलाई प्रयोगकर्ताहरुको फेसबुक अकाउण्ट पासवर्डविना नै खोल्न सक्ने सुविधा दिएको स्वीकार गरेको हो ।

Facebook AFP

यद्यपी कुनै पनि प्रयोगकर्ताको सहयोगका लागि मात्र यस्तो गर्न सक्ने तर कुनै दुरुपयोग भएमा कारवाहीको समेत ब्यवस्था रहेको फेसबुकले स्पष्ट पारेको छ ।

यो नियमको उल्लङ्घन गर्ने जुनसुकै कर्मचारीलाई तत्काल फेसबुकबाट निश्कासन गरिने समेत फेसबुकले जनाएको छ ।

फेसबुकले आफ्ना उपल्लो तहका कर्मचारीलाई प्रयोगकर्ताको फेसबुक खोल्ने अधिकार दिएको तर यस्तो अधिकार केवल निर्धारित काम गर्नका लागि मात्र दिइने वेवसाइटले जनाएको छ ।

यो पनि हेर्नुस्

सावधान ! फेसबुकमा भुलेर पनि नगर्नुस यो काम

सावधान!! फेसबुकले गर्दैछ निगरानी, लगइन गरेर सर्च नगर्नुस् !

सावधान! तपाइँको फेसबुक पासवर्ड चोरिँदै छ