बलिउड फिल्म इण्डस्ट्रीमा नायिका तथा मोडलको कुनै कमी छैन। तापनि प्रतिस्पर्धा धेरै हुनाले उत्कृष्ट मात्र टिक्ने गर्दछन्। फिल्म बाहेक टेलिभिजनका कार्यक्रमहरु, रियालिटि शो तथा बिभिन्न प्रतियोगिताका फलस्वरुप धेरैले आफ्नो करिअर सुरक्षित गर्न पाएका छन्।
टेलिभिजन सिरियलको त दुनिया नै छुट्टै छ। कयौं नायिकाहरु यस्तै सिरियलहरु बाट नै फिल्म इण्डस्ट्रीमा पनि आएका छन। आफ्नो अभिनय कला देखाउने राम्रो माध्यमपनि बनेको छ टिभी सिरियलहरु।
यस्तैमा उत्कृष्ट १० टिभी सियिरलका हट नायिकाहरु तल प्रस्तुत गरिएका छन्।
स्वेता तिवारी
१३ वर्षसम्म बलिउड इन्डस्ट्रीमा रहेकी स्वेता उमेरसंगै अझ चर्चित र उत्कृष्ट हुदै छिन्। सन् १९८० अक्टोबर ४ मा जन्मेकी स्वेताले जनवरी ८, २०११ मा रियालिटी शो ‘बिग बोस’ पनि जितेकी थिइन।
शमा सिकन्दर
सन् १९८१ अगस्ट ४ मा जन्मेकी शमा दर्जनौं म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम तथा फिल्महरुमा खेलिसकेकी छिन्। ‘पुजा मेहेता’को भुमिकामा २००३-२००५ को सोनी टिभीको सिरियल ‘ए मेरि लाइफ हें’ बाट चिनिएकी थिइन शमा।
स्वेता साल्भ
१२ नोभेम्बरमा जन्मेकी स्वेता टेलिभिजन कलाकार तथा मोडल हुन। ‘झलक दिखला जा’ डान्स रियालिटी शोबाट चर्चा बटुलेकी थिइन स्वेता ले।
कश्मिर शाह
१९७० डिसेम्बर २ मा जन्मेकी कश्मिरा मोडल तथा टेलिभिजन कलाकार हुन। उनले बिभिन्न सन्दौर्य प्रतियोगिताहरु पनि जितेकी छिन, जसमा ‘मिस युनिभर्सिटी वर्ल्ड’ र ‘मिस इण्डिया ट्यालेन्ट’ पनि पर्दछन।
तनिशा मुखर्जी
सन् १९७८ मार्च ३ मा जन्मेकी तनिशा बलिउडको साथै मराठी, बेङ्गाली, तेलेगु र तामिलमा पनि जोडिएकी छिन। उनी ‘बिग बोस सिजन ७’ मा फर्स्ट रनरअप पनि भएकी थिइन।
बर्खा बिष्ट
सन् १९७९ डिसेम्बर २८ मा हरियानामा जन्मेकी बर्खाले ‘एम टिभी इण्डिया’मा प्रशारण भएको ‘कित्नी मस्त हे जीन्दगी’बाट करियर सुरु गरेकी थिइन।
आशा नेगी
१९८९ अगस्ट २३ मा देहेरादुनमा जम्मेकी थिइन आशा। ‘नाच बलिय ६’ नामक डान्स रियालिटी शो जितेकी पनि थिइन आशाले। २०११-२०१४ को पवित्र रिश्ता सिरियलमा ‘पुर्भी’ को भुमिकामा देखापरेकी थिइन आशा।
मंदिरा बेदी
सन् १९७२ अप्रिल १५ मा जन्मेकी मंदिरा नायिका तथा फेसन डिजाइनर पनि हुन्। सन् १९९४ को टेलिभिजन सिरियल ‘शान्ति’ मा चर्चामा आएकी थिइन मंदिरा।
मौनी रॉय
सन् १९८५ सेप्टेम्बर २८ मा जन्मेकी मौनीले ‘क्यु की सास भि कभि बहु थि’ सिरियलबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।
सुक्रिती कन्डपल
सन् १९८७ नोभेम्बर २० मा नैनितालमा जन्मेकी सुक्रितीले २०११मा ‘मिस बलिउड दिभा’ जितेकी पनि थिइन्।