२४ फागुन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि संविधान जारी गर्ने बताएका छन् । जनताको संविधान जारी गर्ने संवेदनशील मोडमा आइपुगेको भन्दै उनले यो कार्यलाई सरल होइन, अझै जटिल बनाउने प्रयत्न पनि भइरहेको बताउंदै सम्पूर्ण जटिलता र बाधा व्यवधानहरुलाई चिर्दै संविधान जारी गरेरै छाड्ने बताएका हुन् ।

kp oli press meet

१०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिदै अध्यक्ष ओलीले अहिलेको यस्तो जटिल र संवेदनशील घडीमा आ–आफ्नो पंक्तीलाई एकताबद्घ र संगठित गर्दै संविधान निर्माणको अभियानमा लाग्न आग्रह गरेका छन् ।

अहिले पनि मुलुकका विभिन्न भागहरुमा घरेलु हिंसा, बलात्कारका घट्नाहरु र बोक्सीको आरोपमा प्रताडित हुनुपर्ने जस्ता कुराहरुबाट महिलाहरु पीडीत भैरहेका बताउदै उनले पितृ सत्तात्मक सामन्ती शोषणको विरुद्घको आन्दोलन अहिले पनि जारी रहेको बताएका छन् ।