२६ फागुन, काठमाडौं ।

विप्लव नेतृत्को नेकपा माओवादीले बाँकेमा करिब ८० बिघा जमिन कब्जा गरेको घोषणा गरेको छ । उढरापुर गाविसस्थित सिमलघारीमा टन्डन परिवारको ५० बिघा र पत्तेपुर ७ पलुनियामा शान्तिदेवी बर्मा,पुनम शर्मा र ज्ञानु बिष्टका नाममा रहेको २९ बिघा जमिन कब्जा गरेको उक्त पार्टीले जनाएको हो ।

Biplav  1

‘अख्तियारको आँखा छल्न एमाओवादी इन्चार्ज प्रकाश सुवेदी चन्द्रकान्तले फत्तेपुरमा आफ्नी बुहारी नातापर्ने शर्मा र बिष्टका नाममा उक्त जमिन नामसारी गरिदिएका थिए,’ जग्गा कब्जाको घोषणा गर्दै माओवादी क्षेत्र नं. २ का इन्चार्ज सन्तोष बस्नेतले भने,‘बर्सौदेखि जोतभोग गर्दै आएका किसानलाई बेदखल गर्न खोजिएपछि जग्गा कब्जा गरिएको हो ।’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चन्द्रकान्तले जग्गा जोतभोग गर्दै आएका किसानसँग किर्ते गरेर बेदखल गराएको बस्नेतको आरोप छ । बर्माका नाममा ८–८ बिघा जमिनमा माओवादीले सोमबार पार्टीको झन्डा गाडेर कब्जाको घोषणा गरेको हो ।