बुधबार सूर्यग्रहण लागिरहेको छ । सूर्य ग्रहणकै कारण सरकारले सार्वजनिक विदा दिएको छ । ग्रहणलाई शास्त्रमा विशेष अवस्था भनेर उल्लेख गरिएको छ । 

sune eclipse

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

eclipse

४ पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

यो पनि हेर्नुस् 

उठी उठी कहिल्यै पिसाव नगर्नुस्

खाना खानेबित्तिकै यी ७ काम नगर्नुस्, नत्र…

उठ्ने वित्तिकै कहिले पनि नगर्नुस् यी ५ काम

स्त्री सँग नजिकिँदा यी १० भूल कहिले नगर्नुस्