२४ जेठ, नयाँ दिल्ली ।

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ ।
सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का एकजना सर्वसाधारण नागरिक परेका छन् ।

भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको जनाएको छ । तर ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन ।

सुरक्षा गस्तीमा रहेका सैनिकसँग ती हतियारधारी समूहको भिडन्त भएको बताइएको छ । त्यसमा अरु पनि कैयौँ व्यक्ति रहेका र कतिपय भागेको बताइएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र उनीहरुले अनुसन्धान जारी राखेका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।