२७ असार, सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गएराति सार्वजनिक मतपरिणाम अनुसार धरानको प्रमुखमा तारा सुब्बा र उपप्रमुख मन्जु भण्डारी निर्वाचित भएका छन ।

राईले २० हजार ९ सय ७५ मत पाए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ प्राप्त गरेका छन । उपप्रमुखमा भण्डारी २१ हजार २५६ मतसहित विजयी भइन् ।

योसँगै दोसो चरणमा चुनाव भएका सबै ३ सय ३४ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसअनुसार एमालेले पाँच उपमहानगरसहित १५१ स्थानीय तह जितेको छ भने काँग्रेसले १ सय २२ र माओवादी केन्द्र ३८ स्थानीय तहमा बिजयी भएको छ ।