३ साउन, काठमाडौं । बीर गोर्खालीका नामले विश्वमै परिचित नेपालीहरुले त्यसको पछिल्लो उदाहरण मलेसियामा देखाइदिएका छन् ।

सुवाङजयको एक अपार्टमेन्टमा सुरक्षाका लागि खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने एक व्यक्तिलाई उनीहरुलाई पाता फर्काएका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । लाखौंले यो भिडियो हेरिसकेका छन् भने हजारौंले सेयर गरेका छन् ।

मार्सल आर्टका खेलाडी ति व्यक्ति अपार्टमेन्ट भित्र जान खोज्दा एक नेपाली गार्डसँग भनाभन हुन्छ । भनाभन हुँदा ति व्यक्तिले नेपाली माथि किक प्रहार गर्छन् । त्यसपछि कुस्ती सुरु हुन्छ लगत्तै ड्युटीमा सँगै रहेका अन्य नेपाली गार्डले सहयोग गरेर ति मार्सल आर्ट देखाउनेलाई पाता फर्काउँछन् ।

मलेसियाली नागरिकहरुले नेपालीहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । गार्डहरुले नियन्त्रणमा लिएपछि ति व्यक्तिले पनि माफी मागेका छन् । (हेर्नुस् भाइरल भिडियो)