१४ भदौ, लुम्बिनी । विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो ।

अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पु-याइएको भए पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ ।

लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमभिएको ट्रान्सफर्मरबाट आठ एमभिए विद्युत् वितरण हुँदै आएको थियो । ओभरलोडका कारण उक्त ट्रान्सफर्मर शनिबार पड्किएको थियो । ट्रान्सफर्मर पड्किएलगत्तै अर्को ट्रान्सफर्मर जडान नहुँदा लामो समय लुम्बिनी बिजुलीविहीन बनेको छ ।