४ असोज, पर्सा ।
प्रदेश नम्बर २ मा रहेको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा कांग्रेसको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेस उम्मेदवारले ४४६ मत ल्याएका छन् ।

राजपाका उम्मेदवारले ३८० मत ल्याएर दोस्रो स्थानमा रहेका छन भने तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवारले २४३ मत पाएका छन् ।

यस्तै, माओवादी उम्मेदवारले १७६, फोरम लोकतान्त्रिकका उम्मेदवारले १२० तथा एमाले उम्मेदवारले ८८ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवारले ४६२, राजपाले ३९२, संघीय समाजवादी फोरमले २४४, माओवादीले १६३, एमालेले ९६ तथा फोरम लोकतान्त्रिकले ९३ मत पाएका छन् ।