एजेन्सी । चीनले अहिलेसम्म संसारकै सवैभन्दा अग्लो  विद्युत आपूर्ति गर्ने खम्वाको निर्माण शुरु गरेको छ ।

पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको छ । लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले मङ्गलबार जानकारी गराएको छ ।

यो चीनको मात्र नभई विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ ।

सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेको छ ।