१९ पुस, काठमाडाैं । अस्ट्रेलियामा जारी बीग बास लिग टी–ट्वान्टी क्रिकेट (बीबीएल)मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले दमदार बलिङ गरेका छन् । शनिबार भएको खेलमा सन्दीपले तीन विकेट लिएका हन् । मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन् ।

सन्दीपले सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ ओभरमा व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन् ।

त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उनले पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे । उनले अन्तिम विकेट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् ।

सन्दीपले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका हुन् । टस हारेर पहिलो ब्याटिङ गरिरहेको रेनेगगर्डसले अहिले १८ ओभरमा सात विकेट गुमाउँदै १२९ रन जोडेको छ ।