पछिल्लो समयमा स्मार्टफोनको अत्याधिक प्रयोगसँग मानिसहरु मोबाइलबाट नै इन्टरनेट चलाउँछन् । त्यसमाथि वाइफाइ नभएको स्थानमा डाटाबाट इन्टरनेट चलाउने प्रयोगकर्ताहरु पनि बढीरहेका छन् ।

फोनमा इन्टरनेट चलाउँदा तपाइँले थाहै नपाइ तपाइँको डाटा सकिने कुराप्रति तपाइँ सचेत बन्नु भएको छ त ? तपाइँ सचेत नहुँदा डाटा भने नसोचेको समयमा सकिने र पैसा बढी लाग्ने समस्या हुन्छ ।

यहाँ मोबाइल डाटाबाट इन्टरनेट चलाउँदा गर्न नहुने ११ गल्तीको विषयमा चर्चा गरिएको छ ।

१ अटो अपडेट एप्स
स्मार्ट फोनले इन्टरनेट पाउने वित्तिकै तपाइँका विभिन्न एप्सहरु अटो अपडेट र अपडेटेड भर्सन इन्स्टल गर्छ । यसले गर्दा तपाइँको डाटा भने एक्कै छिनमा समाप्त हुन्छ ।

mobile internet data rules


के गर्ने?
सबैभन्दा पहिले गुगल प्लेमा गएर प्ले स्टोरको सेटिङमा अटो अपडेट बन्द गर्नुस् । यसपछि तपाइँको कुनै पनि एप अटो अपडेट हुँदैन । यसले तपाइँको डाटा जोगाउन मद्दत गर्छ ।

२ डाटाको जानकारी
इन्टरनेट डाटा प्याकेज सकियो भने मोबाइलमा तपाइँको मुख्य ब्यालेन्सबाट पैसा काटिन थाल्छ । त्यसैले मोबाइलमा इन्टरनेट डाटा प्याकेज सेटिङमा लिमिट सेट गर्दिनु पर्छ । यसबाट तपाइँलाई डाटा सकिएको जानकारी हुन्छ ।

mobile internet data rules 3

के गर्ने?
तपाइँले स्मार्टफोनको डाटा सेन्स एप्लिकेसन प्रयोग गर्नुस् । यहाँ तपाइँलाई दैनिक हिसाले डाटा सेट गर्ने सुविधा हुन्छ । अनि कुन गतिमा डाटा सकिँदैछ भन्ने पनि थाहा हुन्छ ।

३ अनावश्यक नोटिफिकेशन
स्मार्टफोन चलाउँदा एप्सलाई खुला नै छोड्छन् । या मिनिमाइज गरेर राख्छन् । जसले गर्दा त्यो एपका लागि डाटा खर्च भइरहेको हुन्छ । अनि अनावश्यक नोटिफिकेशन प्राप्त भैरहँदा पनि डाटा बैंक खर्च हुन्छ ।

mobile internet data rules 2

के गर्ने?
सबै ब्याकग्राउण्ड एप बन्द गर्नुस् । चाहिने एप मात्र खुला राख्नुस् । यसले इन्टरनेट डाटा जोगिन्छ । यसले ब्याट्रीको ब्याकप पनि दिन्छ ।

mobile internet data rules 7

४ ब्याकग्राउण्ड डाटा
तपाइँलाई थाहा नै नभइकन स्मार्टफोनमा ब्याकग्राउण्ड डाटा एप्लिकेन चलिरहेको हुन्छ । यसले तपाइँको इन्टरनेट प्याकेज खर्च गर्छ । यसलाई तपाइँ बन्द गर्न सक्नु हुन्छ ।

mobile internet data rules 4

के गर्ने?
यसका लागि सेटिङमा गएर डाटा युजेजमा रहेको ब्याकग्राउण्ड डाटा रेष्ट्रिक्सनमा क्लिक गर्नुस् । यसबाट ब्याकग्राउण्ड बन्द हुन्छ । यसो गर्दा चलाएको बेला मात्र डाटा खर्च हुन्छ ।

५ 2G / 3G को प्रयोग
तपाइँको स्मार्टफोनले 3G मा काम गर्छ भने यसमा विचार गर्नुस् । किन भने 3Gले तपाइँको धेरै डाटा खाइदिन्छ । ब्याट्रि पनि छिटो सकिन्छ ।

mobile internet data rules 5

के गर्ने?
अधिकाँश एप्समा 2G नेटवर्कमा राम्रो सपोर्ट गर्छ । भिडियो लागि मात्र 3G राम्रो मानिन्छ । सके सम्म 3G नेटवर्क प्रयोग नगर्नुस् ।

६ अनलाइन अडियो/ भिडियो
स्मार्टफोनमा गीत सुन्नका लागि अनलाइन एप्स प्रयोग गर्ने बानी छ भने पनि सावधान हुनुस् । यस्ता एप्सले तपाइँलाई महंगो पार्न सक्छन् ।अडियो र भिडियोका लागि बढी डाटा खर्च हुन्छ ।

mobile internet data rules 6

के गर्ने?
म्यूजिक स्ट्रिमिङका क्रममा सके सम्म वाइफाइ प्रयोग गर्नुस् । यू ट्यूवमा गीत सुन्दा कम रेजोल्युसन प्रयोग गर्नुस् ।

७ ह्वाट्सएप अटो डाउनलोड
तपाइँको स्मार्टफोनमा हुने ह्वाट्स्एप एप्लिकेसनले इमेज वा भिडियो डाउनलोड गर्छ । अटो डाउनलोडको अप्सन अन भएको समयमा तपाइँको डाटा यसमा अत्याधिक खर्च हुन सक्छ ।

mobile internet data rules 1

के गर्ने?
ह्वाट्सएपमा इमेज अटो डाउनलोड अफ गरिदिनुस् । जुन इमेज डाउनलोड गर्नु छ आफै गर्नुस् ।

८ इन्टरनेट फ्रि कलिङ
पछिल्लो समयमा इन्टरनेटमा निशुल्क कलिङ गर्ने विभिन्न फिचर छन् । भाइवर होस या ह्वाट्सएप यस्ता कलिङ एप्स प्रयोग गर्दा तपाइँको डाटँ अत्याधिक मात्रामा खर्च हुन्छ ।

के गर्ने?
सके सम्म वाइफाइ भएको समयमा मात्र यस्ता कलिङ एप्स प्रयोग गर्नुस् । वाइफाइ नेटवर्कमा भ्वाइस क्लारिटी पनि बढी हुन्छ ।

९ अनलाइन गेम

स्मार्टफोन चलाउनेहरु अनलाइन गेम खेल्न मन पराउँछन् । तर अनलाइन गेमलाई तपाइँको डाटा भने स्वात्तै खाइदिन्छ । त्यसमा आउने विज्ञापनले अझै धेरै डाटा खाइदिन्छ ।

mobile internet data rules 8

के गर्ने?
स्मार्टफोनमा गेम खेल्दा मोबाइल डाटा बन्द गर्नुस् । यसमा आएने एडहरुले तपाइँको डाटा खाइदिनबाट जोगाउन सकिन्छ ।

१० डाटाको गलत प्रयोग
मोबाइलमा अनलाइन लेख हेर्दा वा अन्य कुराहरु पढ्दा डाटा एकैछिनमा धेरै खर्च हुन्छ । सके सम्म यस्ता कुरा गर्दा वाइफाइमा गर्नुस् । त्यस्ता अनलाइनमा हुने विज्ञापनले
तपाइँको झन धेरै डाटा खाइदिन सक्छ ।

mobile internet data rules 9

के गर्ने?
यसका लागि ब्राउजर कम्प्रेशन प्रयोग गर्नु राम्रो हुन्छ । गूगल क्रोममा ‘रिड्यूस डाटा यूजेज’ (Reduce data usage) भन्ने हुन्छ । यसको वेब साइज कम गरिदिन्छ । यसले डाटा पनि सेभ गरिदिन्छ ।

mobile internet data rules 10

११ वाइफाइ होइन डाटा फ्याक
सके सम्म मोबाइलमा डाटा प्याक नभएर वाइफाइ प्रयोग गर्नुस् । इन्टरनेट डाटा प्याक त्यतिबेला मात्र प्रयोग गर्नुस् जतिबेला अत्यावश्यक हुन्छ ।

यो पनि हेर्नुस्

तपाइँको मोबाइल खतरनाक हुन सक्छः यसरी चेक गर्नुस्

मोबाइल स्पिड बढाउने ५ अचुक उपाय