प्रचण्ड बाबुराम, नारायणकाजी र महराले पार्टी ध्वस्त बनाएको भन्दै धामधम राजिनामा

प्रयास पराजुली । काठमाडौं ।
एमाओवादीका अध्यक्ष प्रचण्डको विचारमा हजारौ मानिस मार्न र मर्न तयार भए । प्रचण्डकै विचारमा हजारौ मानिसहरुले ज्यान गुमाए । जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका प्रचण्डले ।

यसपति न पार्टीलाई एक ढिक्क बनाएर राख्न सके न कार्यकर्ताको संरक्षण गर्न सके ? शान्ति प्रक्रियामा आएपछि प्रचण्डलाई कहिले वैद्य मिलाउन हम्मे । वैद्यलाई मिलायो बाबुराम बडारिने हैरानी हुँदा हुँदा अन्ततः मोहन वैद्यले पार्टी फुटाएर गए । बाबुराम छदै छन् । अहिले प्रचण्ड र बाबुरामबीचमो घोषित शितयुद्धको कारणले जनयुद्धमा त्याग र वलिदानी गरेर पार्टीका प्रभावशाली नेताहरु राजिनामा बुझाउदै पार्टी छोडनेको लर्को नै लागेको छ । तर पनि प्रचण्ड र बाबुरामको द्धन्द्ध झन् बढ्दै गएको छ । नेताहरुले राजिनामा दिदा समेत समाधान गर्नेतिर होइन विवादलाई यथावत राख्दै बढ्ने मनस्थितिमा दुवै नेता देखिन्छन् । विवादको कारण प्रचण्ड र बाबुराम गुटमा नाच्ने नेताहरु धमाधम राजिनामा दिदै बाटो लाग्दा समेत यस विषयमा एमाओवादीमा छलफल हुन नसकेको छैन् ।

प्रचण्ड बाबुरामको काम भन्दा कुरा ठूला
प्रचण्ड र बाबुरामले पार्टी बनाउने भन्दै यति धेरै योजना अगाडि सारे कि त्यो कार्यान्वयन भएको भए आज एमाओवादी नेपालको पहिलो पार्टी बन्नबाट कसले पनि रोक्न सक्दन्थ्यो । तर शान्ति प्रक्रियाको आएको पाँच बर्षपछि एमाअ‍ोवादी पाँच टुक्रामा विवाभित भयो । पार्टी निर्माण भन्दा पनि भत्काउन नेताहरु नै अग्रसर भए । जसले गर्दा कार्यकर्ता भन्दा पनि माओवादीहरु नेतामा मात्र सीमित भए । माया बैगनी नभई नुहने भनेजस्तै प्रचण्ड र बाबुराम एक अर्कोका परिपूरक ठान्छन तर सधै मिलेर बस्न सक्दैन । सानो सानो स्वार्थमा विभाजित भएर पार्टी नै फुटाउने अवस्थासम्म पुग्छन र मिल्ने गरेका छन् ।

Baburam Prachanda

एमाओवादी ढनाड्यहरुको पार्टीमा परिणत
जनयुद्धमा माओवादीले जनता समक्ष आफ्ना कुरा राख्ने र जनताको साथी बन्ने काम गर्‍यो । जसको कारण उनीहरुले जनआधार पनि बलियो थियो । माओवादीले सरल व्यवहारको कारण धेरै प्रभावित भए । सर्वहारा पार्टीको रुपमा स्थापित माओवादी शहर छिडे लगत्तै धनाड्य पार्टीको रुपान्तरण भयो भनेर अन्य दलले होइन पार्टीका कार्यकर्ताले भन्ने गरेका छन् । नेताहरुले पनि स्वीकार गरेका छन् । तर त्यसलाई सच्याउने आँट प्रचण्ड, बाबुरामले गर्न सकेका छैनन् ।

गुटबन्दीले मौलाएपछि राजिनामा
प्रचण्ड र बाबुरामबीचको आन्तरिक द्धन्द्धको कारण पार्टीका प्रभावशाली नेताहरुले राजिनामा दिने लहर चलेको छ । पार्टीको विचार नीति विपरीत शीर्ष नेतृत्वले पार्टी बनाउन भन्दा पनि गुट बनाउन क्रियाशिलता देखाएको भन्दै नेताहरुले राजिनामा दिन सुरु गरेका हुन् । कार्यकर्ता पक्तिमा पलायन हुने क्रमसँग नेताहरुले पनि नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै जिम्मेवारीबाट पन्छिएका छन् । नेतृत्व सुविधाभोगी, शहरभुखि भएको र पार्टी कार्यकर्ता काम विहीन भएर पार्टी बिग्रेको भन्दै नेताहरुले असन्तुष्टि जनाउदै राजिनामा बुझाउंदै हिडने गरेका छन् । पार्टीमा अन्तर विरोध, अन्तर संघर्ष, गुटबन्दी हावी भएकाले पार्टी बिग्रेको निष्कर्ष राजिनामा दिने नेताहरुले निकालेका छन् ।

विष्ट ओलीले राजिनामा दिए, भट्ट भैसी पाल्दै
पार्टी शान्ति प्रक्रियामा आएको केही बर्षमै नेतृत्व पार्टीको मुल्य मान्यता विर्सिएको भन्दै रुपान्तरणको लागि धेरै वटा बैठकले निर्णय गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन् । पटक–पटका निर्णय गर्ने तर कार्यान्वयन नगरेको भन्दै स्थायी समिति सदस्य लोकेन्द्र विष्ट र पोलिटब्यूरो सदस्य र हेमन्त प्रकाश ओलीले राजिनामा दिइसकेका छन् । भने एक बर्षदेखि लेखराज भट्ट कैलालिको अत्तरियामा भैसी पाल्दै आएका छन् । राजिनामा दिनेहरुले प्रचण्ड, भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराको कारण पार्टी सांगठनिक रुपमा काम नलाग्ने अवस्थामा पु¥याएको निष्कर्ष निकालेका छन् ।

Lokendra 3

प्रचण्ड बाबुरामको झडगा भन्दा खेतीपाती ठिकः विष्ट
नेतृत्वमा बस्नेहरुले पार्टीको संचरना पनि सुधार नगर्ने र आफूले भनेको कुरा पनि नमान्ने प्रवृक्ति हावी हुँदै गएपछि वस्नुको औचित्य नभएको राजिनामा दिएको बताउने स्थायी समिति सदस्य लोकेन्द्र विष्टले प्रचण्ड र बाबुरामको किचलो भन्दा खेतीपाती ठिक भएको बताए । पार्टीलाई धेरै प्रचण्ड, बाबुराम, नारायणकाजी, महराले विगारे,हामी पनि भागीदार छौ विष्टले भने ।

हेमन्त प्रकाश ओली

hemanta-prakash-oli


बर्षमान र प्रभावकरले प्रचण्डलाई सिध्याएः ओली
पोलिटब्यूरो सदस्य हेमन्त प्रकाश ओलीले पार्टी नबधनाढ्यहरुको भएपछि बस्नुको औचित्य नदेखेर राजिनामा दिएको बताउंछन । आफूले अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरालाई सात पेज लामो सुझाव पत्र दिएपनि चार महिना वितिसक्दा समेत कुनै सुनवाई नभएको उनले बताए । ‘प्रचण्डलाई प्रभावकर, बर्षमान वैचारिक रुपमा सिध्याए’ ओलीले भने, ‘प्रचण्ड र बाबुरामको बीचमा देखिएको विवाद नाटक मात्र हो ।’ पार्टीमा ल्यारक्याल लामा र रविन्द्र प्रताप साहरुले ठाउँ पाएपनि आफूहरुको औचित्य नभएको बताउंदै उनले पार्टी विसर्जित भएकाले बस्तुको अर्थ नभएको बताए । ओलीले भने, विप्लवजीसँग छलफल भएको छ तर वैचारिक रुपमा कुरा मिल्यो भने एउटै हुन्छ । जसले क्रान्तिकारी गर्छ त्यतारिरै लाग्ने हो ।’

Lekhraj-Bhatta_20120120082843

लेखराज भट्ट

प्रचण्ड–भट्टराई वरिपरि घुम्नेले ध्वस्त बनाएः भट्ट
नेता लेखराज भट्ट विगत एक बर्षदेखि कैलालीको अत्तरियामा गाई भैसी पालन र कृषि पेसामा गर्दै आएका छन् । पार्टीले भट्टलाई श्रम यातायात तथा वैदेशिक विभागको जिम्मेवारी दिएको छ । उनले पार्टीले दिए अनुसारको जिम्मेवारी पुरा गर्दै आएको बताउदै भने,‘पार्टीमा त्याग तपस्याको मुल्याङकन भन्दा पनि पैसा दिनको मुल्याङन हुन थाल्यो ।’ ‘संघीयताको विषयमा मैले पार्टीभित्र फरक मत राखेको छु, नेताहरु पनि रिसाउनु भएको छ, उनले भने । ‘बाबुराम र अध्यक्षको वरिपरि घुम्नेहरुले पार्टीलाई ध्वस्त बनाए’,भट्टले भने,‘शान्ति प्रक्रियामा पार्टीको विधि पद्दती सबै भत्कियो,पार्टीमा वैचारिका विचालन आयो ।’