Simon Morris१५ फागुन, एजेन्सी। ब्रिटिश कलाकार सिमोन मोरिसलाई एक १५ वर्षिय किशोरीलाई बलात्कार गरेको भन्दै अदालतले ८ वर्ष जेल सजाय सुनाएको छ। उनले हाउस पार्टीमा एक १५ वर्षिय किशोरीसंग जबरजस्ती यौन सम्वन्ध राखेका थिए। तर मोरिसले भने आफूलाई केही याद नभएको र सेक्सोमनिया भएको भन्दै बचाउ गरेका थिए। सेक्सोमनिया भएको मानिसले निन्द्रामै यौन सम्पर्क राख्दछ र उनलाई यसको याद हुँदैन्।
तर अदालतले मोरिसको दावीलाइ इन्कार गर्दै ८ वर्ष जेल सजाय सुनायो
बेलायतमा केही वर्ष यता प्राय जस्ता बलात्कारका आरोपीले आफूलाई सेक्सोमनिया भएको बताउने गरेका छन्। साँच्चै सेक्सोमनिया भएका व्यक्तिहरुलाई कठिन जिन्दगी बिताउँनु पर्दछ। प्राय पुरुषलाई लाग्न यो रोगले पिडितलाई तनाव र मानसिक रुपमा समेत विक्षिप्त बनाउँछ।