life of pi८५ औ ओस्कार पुरस्कारमा लाइफ अफ पाई नामक चलचित्रले वर्चश्व कायम गरेको छ । आइतबार सम्पन्न ८५ औ ओस्कार पुरस्कारमा चलचित्र ‘लाईफ अफ पाइ’ले चार विधामा पुरस्कार जित्न सफल भएको छ तर वेस्ट चलचित्रको अवार्ड भने आर्गोले जितेको छ । यता उत्कृ्ष्ट निर्देशकको पुरस्कार लाइफ अफ पाइका निर्देशक आङ्ग लीले जितेका छन् भने वेस्ट एक्टरको पुरस्कार डेनियल डे लुइस र वेस्ट नायीकाको पुरस्कार जेनिफर लोरेन्सले हात पारेकी छिन् ।
पुरस्कार विभीन्न २४ विधामा प्रदान गरिएको थियो । हेरौ क-कसले कुन कुन पुरस्कार हात पारे…
बेस्ट पिक्चर: चलचित्र आर्गो
बेस्ट एक्टर: डेनियल डे लुइस
वेस्ट एक्ट्रेस: जेनिफर लोरेन्स
वेस्ट डाइरेक्टर: आङ्ग ली (लाइफ अफ पाई)
ओरिजिनल स्क्रिनप्ले: क्विनटिन टारान्सन (ज्याङ्गो अनचेन्ड)
एडप्टेड स्क्रिन प्ले: क्रिस टेरियो (आर्गो)
ओरिजिनल गीत: स्काइफल
ओरिजिनल स्कोर: लाइफ अफ पाई
सह-नायीका: एन्ने हाथवे
साउन्ड इडिटिङ: जिरो डार्क थर्टी र स्काइफल
साउण्ड मिक्सिङ: लेस मिजरेबल
विदेशी भाषाको चलचित्र: एमोर
डकुमेन्ट्री फिचर: सर्चिङ्ग फर सुगर म्यान
डकुमेन्ट्री सर्ट सब्जेक्ट: इनोसेन्ट
लाइभ एक्सन सर्ट फिल्म: कर्फ्यु
मेकअप र हेयर स्टाइलिङ्ग: लेस मिसरेबल
कस्टम डिजाइन: अन्ना करेनिना
भिज्युअल इफेक्ट: लाइ अफ पाई
सिनेमाटोग्राफी: क्लाउडियो (लाइ अफ पाई)
एनिमेटेड फिचर फिल्म: ब्रेभ
एनिमेटेड सर्ट फिल्म: पेपर म्यान
सह-नायक: क्रिस्टोफ वाल्ट्ज