capsicumखुर्सानी भन्नेबित्तिकै हामीमध्ये कतिपयलाई त्यसको पिरो स्वादले तर्साउँछ त कतिलाई पिरो स्वादले नजिक तान्छ पनि । तर, खुर्सानी पिरो मात्र नभई तरकारी खान समेत सकिने खालको पनि हुन्छ र हामीले पनि प्रयोग गर्ने गरेका छौ ।

 

हामीले प्राय भेडे खुर्सानी भनेर चिन्ने खुर्सानी पिरो हुँदैन र यसको तरकारी खाने गरिन्छ । यो खुर्सानी खानुको पनि निकै धेरै फाइदा छन् । यो खुर्सानीमा धेरै नै औषधिय गुण हुन्छ ।

 

यसका केही फाइदाहरूका बारेमा थाहा पाऔ…
– यो खुर्सानीको प्रयोगले तपाईको शरिरमा रहेको कोलस्टेरोलको मात्रा कमी गर्छ ।

 

– खुर्सानीमा हुने एक रसायन लायकोपिनले शारीरिक तनाव तथा डिप्रेशनलाई कम गर्नका लागी मद्धत गर्छ ।

– यसले शारीरिक शक्तिलाई बढाउने गर्छ । यसमा पाइने भिटामिन ए, बि र सी ले शरिरको मजबुतिका लागी काम मद्धत गर्छन् ।

– खुर्सानीको प्रयोगले शरिरको कम्मरको दुखाई, साइटिका, जोर्नीको दुखाईमा समेत राहत दिन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन नामको रसायनले दुखाई कम गर्ने काम गर्छ ।

– यो खुर्सानीले शरिरको तौल घटाउनका लागी समेत मद्धत गर्छ । शरिरको बोसो तथा कार्बोहाइड्रेडलाई कम गर्नका लागी पनि यसले निकै फाइदा पुर्याउँछ ।

– उच्च रक्तचापमा समेत यो खुर्सानी लाभदायक हुन्छ । खानामा यसको अधिक प्रयोगले उच्च रक्तचाप कम गर्न मद्धत गर्छ ।