१४ फागुन,काठमाडौ। दलहरूले गरेको सहमति र प्रस्तावअनुसार प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार रहेको सर्वोच्च अदालतले जनाएको छ । लामो समयसम्म रहेको अन्यौललाई चिर्दै सर्वोच्चले आज विज्ञप्ती जारी गरी प्रधानन्यायाधिस सरकारको नेतरत्व लिन तयार रहेको संकेत गरेको हो। यसलाई राजनीतिक निकासका लागि दलहरुले अगाडि सारेको प्रस्ताव सकारात्मकरुपमा प्रधानन्यायाधिसले लिएको रुपमा हेरिएको छ । विज्ञप्तीमा व्यक्तिगत इच्छाले नभई राष्ट्रिय हीतका लागि र संवैधानिक जटिलता अन्तका लागि मन्त्रिपरिषद्को नेतृत्व लिन प्रधानन्यायाधीश रेग्मी सकारात्मक रहेको उल्लेख गरिएको छ । राजनीतिक तहमा गरिने सहमति, संवैधानिक एवम् कानुनी जटिलताको निकास न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै प्रक्रिया निर्धारण गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।