madhuri dixitएजेन्सी । बलिउडकी नृ्त्य सुन्दरी तथा कुनै समयकी चर्चित नायीका माधुरी दिक्षितले विश्वव्यापीरूपमा नृत्य प्रशिक्षण केन्द्र खोलेकी छिन् ।
सेौन्दर्यता र नृत्यको बलमा बलिउडमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायीका दिक्षितले आपूले खोलेको नयाँ नृत्य प्रशिक्षण केन्द्रको बारेमा ट्विटरमार्फत जानकारी दिएकी छिन् । उनले ट्विटरमार्फत http://www.dancewithmadhuri.comhttp://www.madhuridixit-nene.com वेब पेज खुलेको र यसबाट नै विश्वव्यापि रुपमा नृत्य सिकाउने बताएकी छिन् । उनले यी दुई वेब पेजको नाम लिँदै आफूसँग नृत्य गर्नका लागी आग्रह गरेकी छिन् ।
उनले ट्विरमार्फत भनेकी छिन्, ‘http://www.dancewithmadhuri.com नामक वेब पेज एउटा अनलाइन नृत्य सिकाउने वेब पेज हो जसलाई जहाँबाट पनि प्रयोग गर्न सकिन्छ । जसले जुन अवस्थामा रहेपनि गर्न सकिन्छ ।’
उनले युवा, बुढाबुढी, बालबालिका सबैलाई आग्रह गर्दै भनेकी छिन्, ‘जवान, बृद्धबृद्धा, महिला र पुरूष सबै आउनुस् र आजैदेखी नृत्य पशिक्षण लिनुस् । र मलाई तपाईको नृत्य पनि देखाउनुहोस् ।’