११ माघ, सिड्नी । नेपाली चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार अष्ट्रेलियाको तास्मानियामा पनि किन्न पाइने भएको छ। यसअघि सिड्नीको रकडेलमा स्टोर सञ्चलानमा ल्याएको गोल्डस्टारले माग बढ्दै गएपनि तास्मानियमा पनि एक स्टोरबाट जुत्ता उपलब्ध गराउन शुरु गरेको छ ।

तास्मानियामा गोल्डस्टार जुत्ता गोर्खाज फुटवेयर एण्ड क्लोदिङ स्टोरमा पाइने छ ।

गोल्डस्टार गत वर्ष जुन महिना देखि अष्ट्रेलियाली बजारमा  प्रवेश गरेको थियो ।

 नेपालमा करिब ७५ हजार गोल्डस्टार जुत्ता दैनिक  उत्पादन हुने गरेको छ । जसका लागि करिब ३ हजार जनशक्तिले मेहेनत गर्ने गरेका छन् । 

सन १९९० देखि गोल्डस्टार जुत्ता बजारमा आएको थियो। गोल्डस्टार नेपाल र भारतमा पहिल्यै लोकप्रिय रहेको छ