१५ फागुन, एजेन्सी । इजिप्टमा भएको हट एयर बेलुन दुर्घटनामा १९ जना विदेशीहरूले ज्यान गुमाएका छन् । मंगलबार भएको उक्त दुर्घटनामा बेलायत तथा फ्रान्सका नागरीकहरुले ज्यान गुमाएको बताइएको छ ।
इजिप्टका एक सुरक्षा अधिकारीका अनुसार उक्त बेलुन पड्किएर आगो लागेपछी भूईमा खसेको थियो । उक्त बेलुन उखु खेती भएको ठाऊँमा खसेको ती सुरक्षाकर्मीको भनाई छ । उक्त घटना इजिप्ट राजधानी कायरोबाट करिब ५ सय १० किलोमिटर टाढा रहेको लक्सरमा भएको थियो ।
उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको बताइएको छ ।