१३ फागुन, एजेन्सी । दक्षिण भियतनामको हो चि मिन्ह सहरमा भएको दुईवटा विस्फोटनबाट तीन वटा घर भत्किँदा १० जनाको मृत्यु भएको छ । यस घटनापछि कयौ व्यक्ति फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
यसविस्फोटनबाट एकै परिवारका सात व्यक्तिको मृत्यु भएको स्थानीय अस्पताल स्रोतले जनाएको छ ।
सो विस्फोटन ५ मिनेटको फरकमा दुईपटक भएको जनाइएको छ । सो घटनापछि सयौ अग्नीनियन्त्रक र उद्धारकर्ताहरू यस क्षेत्रमा गएको हो ।