madhav kumar nepal२ फागुन, बुटवल । नेकपा एमालेका वरिष्ठ नेता तथा पू्र्व प्रधानमन्त्री माधव कुमार नेपालले बाबुराम नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर निकाल्नु नै पहिलो मुद्धा भएको बताएका छन् ।
आज बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले बाबुराम नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर निकालेपछी मात्र मुलुकले निकास पाउने बताएका छन् । उनले जति सक्दो छिटो बाबुरामालाई सत्ताबाट हटाउनु आवश्यक रहेको जिकिर गरेका छन् ।
बाबुराम नेतृत्वको सरकारको बहिर्गमन पछी बन्ने सहमतीय सरकारले मात्रै संबिधानसभाको निर्वाचन गराउन सक्ने बताउँदै नेता नेपालले मुलुकको दोश्रो कार्यभार भनेको संविधानसभाको निर्वाचन भएकाले जति सक्यो चाडो निर्वाचन सुनिश्चित गर्ने शर्तमा एमालेले प्रजातान्त्रिक मुल्य र मान्यताको धरातलमा रहेर राष्ट्रिय सहमती कायम गर्ने कुरामा हदैसम्म लचिलो बन्न तयार रहेको उल्लेख गरेका छन् ।
प्रजातान्त्रिक मुल्य र मान्यतालाई लत्याएर एमालेले कुनै पनि निर्णय नगर्ने बताउँदै उनले लोकतन्त्रको धरातलमा रहेर राष्ट्रिय सहमतीको सरकार निर्माणमा एमाले जस्तोसुकै त्याग गर्न पछी पर्ने स्पष्ट पारेका थिए । राष्ट्रिय सहमतीको सरकार निर्माणका लागी अगाडि सारिएका धेरै विकल्पहरु विफल भएपछी पछिल्लो पटक विकल्पको रुपमा प्रधानन्यायधिसको नेतृत्वमा सहमतीको सरकार गठन गर्ने प्रस्ताव आएको उनको भनाई छ । प्रधानन्यायधिससँग आफ्नो राम्रै सम्बन्ध रहेको कुरा उल्लेख गरेका छन् । प्रधानमन्त्रीमा आफ्नो नाम आएको खुलासा गर्दै नाम मात्रै अगाडी सार्ने तर प्रधानमन्त्रीमा सहमति नजाउने काम कसैलाई गराउन नुहुने समेत उल्लेख गरेका छन् । प्रधानमन्त्रीका लागी यस अघि कांग्रेस सभापती सुशील कोईरालाको नाम प्रस्ताव गरीएपनि उहाँलाई प्रधानमन्त्री नबनाउनुको उदाहरण पेश गरे । बहालवाला भन्दा पुर्व प्रधानन्यायधिशको नेतृत्वमा चुनाव सरकार बनाउँदा अझ उपयुक्त हुने आफ्नो धारणा रहेको समेत नेपालले बताए । पार्टीले संस्थागत निर्णय गरिसकेको सर्न्दर्भमा आफुले त्यसको विरोध गर्न उचित नहुने विचार उनको थियो ।