darjeeling news३५ साउन, दार्जिलिङ । दार्जीलिङमा छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ को माग सहित गोर्ख जनमुक्ति मोर्चाले गरेको अनिश्चितकालिन आमहडताल सातौं दिन प्रवेश गरेको छ ।

आन्दोलन चर्किदै गएपछी सरकारी अधिकारीहरुले दार्जिलिङका स्थानिय टेलिभिजनहरु बन्द गराएका छन् ।

ती टेलिभिजनहरुले गोर्खा जनमुक्तिमोर्चालाई समर्थन ग गरेको भन्दै बन्द गराइएको हो ।

यसरी बन्द हुने टिभी च्यानलमा हिमाली च्यानल, दार्जिलिङ टेलिभिजन र हाम्रो च्यानल छन् ।

निरन्तरको बन्दले जनजीवन व्यापक प्रभावित बनेको छ भने खाद्यन पनि पाइन छाडेको छ ।

यसविच गोर्खाल्याण्डको समर्थनमा आफैलाइ जलाउने पुर्वा शेर्पाको स्वस्थ्य अझै चिन्ताजनक अवस्थामै रहेको छ ।