india vs aus test१५ फागुन,काठमाडौ । भारतमा जारी टेस्ट सिरिजको पहिलो टेस्ट खेलमा अष्ट्रेलियाले भारतको सामु घुँडा टेकेको छ।

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली भारतले ८ विकेटले जीत हात पारेको छ । जीतसंगै भारतले चार टेष्ट क्रिकेटको श्रृङ्खलामा १–० ले अग्रता लियो । जीतका लागी पाएको ५० रनको झिनो लक्ष्य घरेलु टोली भारतले २ विकेटको क्षतीमा पुरा गरेको थियो । कुनै समय एक इनिङ एक दिन अघिनै हार व्योहोर्ने अवस्थामा पुगेको अष्ट्रेलियालाई मोइसिस हेनरिक्स केही हदसम्म सम्हालेका थिए। पहिलो टेस्ट खेलिरहेका हनरिक्सले दुवै इनिङमा रन बनाएका थिए ।

अष्टेलियाको व्याटिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ५ तथा रविन्द्र जडेजाले ३ र हरभजन सिंहले २ विकेट लिए । यो खेलमा आश्विन एक्लैले १२ विकेट लिए । पहिलो इनिङमा अष्ट्रेलियाले ३ सय ८० रन वनाएको थियो भने महेन्द्रसिंह धोनीको दोहोरो शतक र विराट कोहलीको शतकीय पारीको मद्दतले भारतले ५ सय ७२ रन वनाएको थियो ।