एक लाख पुरस्ककार राशीको कर्के नजर प्रतियोगिता १० फरवरीबाट शुरु भइसकेको छ ।प्रतियोगिता २० अप्रिलसम्म जारी रहेनछ।

केही समय अगाडीमात्र सार्वजनिक भएको गायक सञ्जिव पराजुली र गायीका टिका प्रसाईको गीत ‘कर्के नजर’ माथि रहेर एउटा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता शुरु भएको छ।

१० फरवरी देखी २० अप्रिलसम्म आयोजना हुने यस कार्यक्रममा विश्वभर जहाँकहिँबाट भाग लिने सकिने छ। प्रतियोगितामा भाग लिन अडिसन दिन पर्दैन भने शुल्क पनि लाग्ने छैन्। नौलो किसिमको यस प्रतियोगितामा भाग लिन ‘कर्के’ नजर गीतमा नाचेर भिडियो पठाउनु पर्ने छ ।

प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई रु १ लाख रुपैयाको पुरस्कारको व्यवस्था गरिएको गायक सञ्जिव पराजुलीले नेपाली हेडलाइन्सलाई बताए ।

यो प्रतियोगिता बाबा एडुकेसन कनसल्टेन्सी र आर के एस अष्ट्रेलियाको आयोजनामा हुँदै गरेको हो।

प्रतियोगिताको बारेमा थप जानकारीका लागि गायक संजीब पराजुली र गायिका टीका प्रसाईंको फेसबुक पेज र www.sanjibparajuli.com मा गई हेर्न सकिनेछ ।

केही समय अघि सार्वजनिक भएको गायक पराजुली र गायीका प्रसाईको  ‘कर्के नजर’ लाई युट्युबमा २ मिलियन भन्दा बढि पटक हेरिइसकिएको छ।