अष्ट्रेलियामा नेपालीको संख्या लाखौं पुगिसकेको छ ।अष्ट्रेलियाका विभिन्न शहरहरुमा नेपालीहरुको बाक्लो बसाइ छ । यसैगरि बर्सेनी हजारौ नेपाली अष्ट्रेलियामा मा पढाई तथा अन्य प्रयोजनका लागि आउने गरेका छन्।

नेपालमा अष्ट्रेलियाको राम्रै क्रेज छ । यता अष्ट्रेलियामा पनि नेपालीमा बारेमा धारणा सकारात्मक छ। नेपालीहरुले अष्ट्रेलियामा आएर निकै प्रगती गरेका प्रशस्त उदाहरण पनि छन्। 

 अष्ट्रेलियामा लामो समय बसिसकेकाहरु नेपालीहरु   पनि विवाहवारीमा भने नेपालमै भर पर्ने गरेका छन्। 

नेपालमा पनि अष्ट्रेलियामा बसेका नेपालीसंग विवाह गर्ने चाहनेहरुको संख्या ठुलै छ। 

यसरी नेपालमा र अष्ट्रेलियामा विवाहको सहजताको लागि एउटा अनलाइन प्लाटफर्मले काम शुरु गरेको छ।  माइस्वयम्बर डट कम (myswayambar.com) नामक वेबसाइटमा एकाउन्ट खोलेर जीवनसाथीमा खोजेको विशेषता उल्लेख गरेपछी उक्त प्लेटफर्मले तपाईको लागि काम शुरु गर्दछ तर त्यसका लागि शुल्क भने बुझाउनु पर्छ।

तर यसको विशेषता यति मात्रै भने होइन्,  माइ स्वयम्बरमा रहेका ज्योतिषहरुले तपाईको  चिना हेरेर ज्योतिषीय दृष्टिकोणले तपाईलाई उपयुक्त हुने वर अथवा बधु खोज्दछन्।  

माइ स्वयम्बर नामक प्लेटफर्मले संसार भरि सेवा उपलब्ध गराउन शुरु गरेको यसका सस्थापक पण्डित प्रकाश ढोडारीले बताए।  उनले नेपाली सस्कृति र परम्परालाई कायमै राखेर ग्राहकलाई सेवा दिइएको पनि बताए।  यसैगरि सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गरिने पनि उनले बताए ।