Nokia unveils mobile need to charge once a MONTHयदी तपाई मोबाइल चार्ज गर्दा गर्दा हैरान हुनुभएको छ या विद्युत सेवाको पौचभन्दा टाढा कतै जानुहुँदैछ भने अब चिन्ता लिनुपर्दैन, मोबाइल निर्माण कम्पनीमा कुनै समय नम्बर एक कम्पनी नोकियाले करिब ३५ दिनसम्म चार्ज गर्नुनपर्ने मोबाइल बजारमा ल्याएको छ ।
नोकियाले ल्याएको उक्त मोबाइलको मात्र १३ पाउण्ड पर्छ । एक दिन चार्ज गरेपछी यसलाई ३५ दिनसम्म चार्ज गर्नुपर्दैन भने साढे १२ घण्टासम्म तपाई लगातार कुरा गर्न सक्नुहुन्छ । यस मोबाइलमा टर्च तथा एफएम रेडियो पनि राखिएको छ । यस मोबाइलको तौल मात्र ७० ग्राम छ भने यसमा ८ एमबी रोमको प्रयोग गरिएको छ । नोकिया १०५ नाम दिइएको उक्त मोबाइल सबैभन्दा सस्तो मोबाइल भएको समेत दावि गरिएको छ ।
यस्तै, नोकियाले नयँ स्मार्ट फोन पनि बजारमा ल्याउने तयारी गरेको छ । लुमिना नाम दिइएको उक्त स्मार्टफोनको मूल्य पनि निकै कम रहेको बताइएको छ ।