२४ भदौ, काठमाडौ । भारतको जयनगरबाट जनकपुर आउदै गरेको रेल आज धनुषाको मौहा–४ मा दुर्घटना हुँदा दुई यात्रु घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा इटहर्वा ९ का ६० बर्षिय सलामत कवाडी र धनुषा दुवही २ का ११ बर्षिय बालक देवु झा रहेका छन् । घाइते दुवै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रेलका पाँचवटा डिब्बा लिक बाहिर आएकाले रेल सेवा अवरूद्ध भएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । जनकपुर जयनगर नेपालको एक मात्र रेल सेवा हो ।