२५ कात्तिक, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी डिलरले सोमबार दुई वटा स्मार्टफोन रेडमी ८ र रेडमी ८ए सार्वजनिक गरेको छ । ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी क्षमता रहेको फोनमा १२ एमपी डूअल क्यामेरा सेटअप गरिएको छ ।

६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्ले रहेको फोनमा ५ हजार एमएएच ब्याट्री छ । क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ । दुवै स्मार्टफोनलाई कर्निङ गोरिला ग्लास ५ ले बलियो बनाएको छ ।

रेडमी ८ का विशेषताः
–४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज
–रियरमा एआई डूअल क्यामेरा सेटअप छ जसमा १२ मेगापिक्सलको प्राइमेरी सेन्सर र डेडिकेटेड २ मेगापिक्सलको डेप्थ सेन्सर
–फ्रन्टमा विभिन्न पोट्रेट सेल्फी खिच्न मिल्ने एआई पोट्रेट मोडसहित ८ एमपी क्यामेरा
–फोनको पछाडि फिन्गरप्रिन्ट सेन्सर राखिएको

रेडमी ८एका विशेषताहरुः
–२ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट
– फ्रन्ट क्यामेरा अपग्रेट गरिएको छ । १२ मेगापिक्सल सोनी आइएमएक्स ३६३ सेन्सर छ ।
–१२ एमपी क्यामेरामा रहेको छ। रेडमी ८ए को फ्रन्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ र दुवै फ्रन्ट र रियर क्यामेराबाट एआई पोट्रेट मोड सट लिन सकिन्छ।

मूल्य कति ?
सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ए २जीबी र्‍याम र ३२ जीबी इन्टरनल मेमोरी भएको मुल्य ११ हजार ९ सय ९९ रुपैयाँ र ३ जीबी र्‍याम ३२ जीबीको इन्टरनल मेमोरी भएको फोनको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ छ।

त्यस्तै, ४ जीबी र्‍याम ६४ जीबी इन्टरनल मेमोरी भएको रेडमी८ को मूल्य १४ हजार ९ सय ९९ पर्नेछ । यो ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध छ ।