kamal thapa२५, साउन, काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता बिषय अन्तरिम मात्र भएकोले नयाँ जनादेशले मात्र यसको अन्तिम छिनोफानो गर्ने दावी गरेका छन् ।

अध्यक्ष थापाले गणतन्त्र स्थायी भइसक्यो भन्ने भ्रमबाट मुक्त हुन आवस्यक रहेको दावी गरे । राप्रपा नेपालले आज राजधानीमा आयोजना गरेको ‘राष्ट्र निर्माणको वैकल्पिक मार्गचित्र’ सम्बन्धी अन्तरक्रिर्यामा अध्यक्ष थापाले गणतन्त्र र राजतन्त्र, संघीयता र अखण्डता तथा हिन्दु राष्ट्र र धर्मनिरपेक्ष जस्ता एजेण्डाको हैसियत बराबर रहेको दावी गरेका हुन् । यी सबै बिषयको टुङ्गो आगामी चुनावबाट आउने जनमतले मात्र गर्ने थापाको जीकिर छ ।

पछिल्लो जनआन्दोलनको समयमा दरबारसँग भएको सहमतिबाट संसदवादी दलहरू विचलित भएका कारण देशले निकाश पाउन नसकेको दावी गरे । अध्यक्ष थापाले परिवर्तनकारी र परम्परागत शक्तिबीच कुनै न कुनै सहमति खोज्नुपर्ने बताए । ‘मेलै रेभुलस्नरी साथीहरूलाई पनि भनेको छु, परम्परागत शक्तिसँग मिल्ने कुनै सिनर्जी खोज्नुस् भनेर, थापाले भने ।

अध्यक्ष थापाले राजासहितको प्रताजन्त्रमा मान नेपालको भविश्य रहेको दावीगर्दै अबको राजतन्त्र संसद मातहत रहने खालको हुने बताए । ‘नेपाललाई एउटा अभिभावक र संरक्षक आवस्यक छ, अध्यक्ष थापाले भने, ‘त्यस्तो अविभावक सम्झौताको राजतन्त्र हुन सक्छ, संसद मातहत रहने ।’

कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तीको सहभागिता रहेको थियो ।